+
+
Shares

लाउडा काण्डमा सर्वोच्चका न्यायाधीशको राय बाझियो, पूर्ण इजलासमा सुनुवाई हुने

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख ६ गते १८:२३

६ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले चर्चिक लाउडा काण्डमा न्यायाधीशको राय बाझिाएको छ । अब यो पूर्ण इजलासमा सुनुवाई हुने भएको छ ।

दत्तलाई सफाइ दिन सहमत

सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रासद खतिवडा र शारदाप्रसाद घिमिरेको संयुक्त तत्काल नागरिक उड्डयनमन्त्री तारणीदत्त चटौत, सिध्दराज जोशी, रामराजा उपाध्याय, उपेन्द्रप्रसाद उपाध्याय, पुष्करप्रसाद वाग्ले र अष्ट्रिया र इटलीका दुई नागरिकलाई सफाइ दिने विशेष अदालतको फैसलालाई सदर गर्न सहमत छन् । उनीहरुले जानीजानी निगमलाई हानी नोक्सानी पुर्‍याउने नियत राखेर काम गरेको नदेखिएको सर्वोच्चको फैसलामा उल्लेख छ ।

न्यायाधीशकै राय बाझियो

तर, वायु सेवा निगमका तत्कालीन कार्यकारी अध्यक्ष हरिभक्त श्रेष्ठ र सञ्चालक सदस्य तीर्थलाल श्रेष्ठबारे भने न्यायाधीशकै राय बाझिएको छ ।

न्यायाधीश खतिवडाले हरिभक्तले बदनियत राखेर सरकारको निर्देशन पालना नगरेको तथा अधिकार दुरुपयोग गरेर भ्रष्टाचार जन्य कार्य गरेको प्रमाणित भएको मत राखेका छन् । साथै तीर्थलालले हरिभक्तको मतियारको भूमिका निर्वाह गरेको उनको राय छ ।

न्यायाधीश खतिवडाले हरिभक्त र तीर्थलाललाई सफाई दिने विशेषको फैसला नमिलेको भन्दै उल्टीको फैसला लेखे । उनले हरिभक्तलाई ३ वर्ष कैद र ५० हजार जरिवाना तथा तीर्थलाललाई १ वर्ष कैद र २५ हजार जरिवना हुने ठहर फैसला लेखेका छन् ।

तर, अर्का न्यायाधीश शारदाप्रसाद घिमिरले न्यायाधीश खतिवडाको रायमा असहमति राखेका छन् ।

अब पूर्ण इजलासमा सुनुवाई

वि. सं. २०५७ मा वायु सेवा निगमले अष्ट्रियाको लाउडा एयरसँग विमान भाडामा लिँदा ३८ करोड ९७ लाख ६७ हजार ३१ रुपैयाँ भ्रष्टाचार भएको भन्दै अख्तियारले २९५८ जेठ १२ गते विशेष अदालतमा मुद्दा हालेको थियो । तर, विशेष अदालतले ध्यक्ष भूपध्वज अधिकारी तथा न्यायाधीशद्वय कोमलनाथ शर्मा र चोलेन्द्रशम्शेर जबराको इजलासले ०६४ साउन २८ मा सबैलाई सफाइ दिने फैसला सुनाएको थियो ।

त्यसविरुद्ध अख्तियार सर्वोच्चमा गयो । तर, लामो समयसम्म यो मुद्दाको फैसला हुन सकेको थिएन । बुधबार सर्वोच्चको फैसला त आयो तर, दुई प्रतिवादीबारे न्यायाधीशको राय बाझिएपछि अब सर्वोच्चको पूर्ण इजलासमा हुनु हुने सर्वोच्चले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?