Comments Add Comment

सगरमाथा फाइनान्सको नाफा ६३ प्रतिशतले वृद्धी

६ बैशाख, काठमाडौं । सगरमाथा फाइनान्सको चालु आवको तेस्रो त्रैमाशमा सगरमाथा फाइनान्सको नाफा गत आवको तेस्रो त्रैमाशको तुलनामा ६२.९७ प्रतिशतले बढेको छ । कम्पनीको खुद नाफा १० करोड १४ लाख पुगेको छ ।
कम्पनीको निक्षेपमा ९.६२ प्रतिशत र कर्जामा ६.५३ प्रतिशतले वृद्धि भएको हो । यो अवधिमा ३ अर्व २६ करोड निक्षेप संकलन र २ अर्व ५७ करोड कर्जा लगानी भएको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी २० रुपैयाँ ३५ पैसा रहेको छ । यो दर कम्पनीले दिएको हकप्रद सेयर समायोजन पछिको हो ।
कम्पनीको निस्क्रिय कर्जा घटेर २.६६ मा सिमित भएको छ ।

कम्पनीले एकाग्रता जोखिम न्युनिकरणमा सदैव सजग रहदै आएको र संस्थाले निक्षेप विविधिकरणलाई प्रमुखताका साथ लिने गरेको बताएको छ । कम्पनीको कूल निक्षेपमा व्यक्तिगत निक्षेपको हिस्सा ८१ प्रतिशतभन्दा बढी छ । कम्पनीको हाल १२ वटा शाखा सञ्चालनमा छ । संस्थाले २०७४बैशाखभित्र ताप्लेजुङको फुङलिङ बजार र काठमाडौंको चावहिलमा २ वटा नयाँ शाखा सञ्चालनमा ल्याउन लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment