Comments Add Comment

नेप्सेपरिसूचक २ अंकले बढ्दा ५४ करोडको सेयर कारोबार

२० चैत, काठमाडौं । बुधबार सेयर बजार मापक नेप्से परिसूचक २ दशमलव ०१ अंकले बढेको हो । मंगलबार दोहोरो अंकले बढेको सेयर बजार बुधबार २ अंकले बढेर नृप्से परिसूचक १ हजार १ सय ६५ दशमलव ८४ अंकमा पुगेको छ ।

नेप्सेपरिसूचकसँग बुधबार कारोबार रकममका समेत वृद्धि देखिएको छ । दिनभर भएका ७ हजार २ सय २ कारोबारबाट १ सय ७० कम्पनीका २० लाख २९ हजार १५ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ५४ करोड ५८ लाख १८ हजार ६ सय १९ रुपैयाँको सेयर कारोबार भएको छ ।

यस अघि मंगलबार ३५ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको थियो । बुधबार नेप्से परिसूचकमा २ अंकको वृद्धि देखिए पनि अधिकांश समूहहरु घटेर राताम्मे देखिएका छन् । बैंकिङ र विकास बैंक समूह उकालो लागे पनि अन्य सबै समूहहरु ओलारो लागेका छन् ।

कारोबार रकमका आधारमा बुधबार एनआइसी एशिया बैंक पहिलो नमबरमा देखिएको छ । यसैगरी नेपाल क्रेडिट एण्ड कमर्श बैंक दोस्रो नम्बरमा देखिएको छ ।

पहिलो नम्बरमा देखिएको एनआईसी एसियाको ४ करोड ३७ लाख ३५ हजार ७ सय ९३ रुपैयाँको कारोबार रभएको छ भने दोस्रो स्थानमा देखिएको एनसीसीको बुधबार ४ करोड १६ लाख ६६ हजार २ सय ६१ रुपैयाँको सेयर कारोबार भएको छ ।

कारोबार रकमका आधारमा नेपाल बैंक लिमिटेड, एनएमबी बैंक र पइम कमर्शियल बैंक क्रमशः तेस्रो, चौथो र पाँचौ स्थानमा देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment