
News Summary
Generated by OK AI. Editorially reviewed.- बुधबार पहिलो एक घण्टामा १ अर्ब ७५ करोड रुपैयाँको सेयर कारोबार भएको छ।
- नेप्से परिसूचक १२ बजेसम्म २० अंक बढेर २७८८ अंकमा पुगेको छ।
- विकास हाइड्रोपावरको मूल्य १० प्रतिशत बढेको छ भने सीवाईसी लघुवित्तको मूल्य ३ प्रतिशतभन्दा धेरै घटेको छ।
११ भदौ, काठमाडौं । बुधबार पहिलो एक घण्टामा १ अर्ब ७५ करोड रुपैयाँको सेयर कारोबार भएको छ । पहिलो एक घण्टाको यो कारोबार रकम अघिल्ला दिनको तुलनामा उल्लेख्य हो ।
१२ बजेसम्म नेप्से परिसूचक २० अंक बढेको छ । सो वृद्धिपछि नेप्से २७८८ अंकमा छ । १६४ कम्पनीको मूल्य बढ्दा ७८ को घटेको छ भने ४ को स्थिर छ ।
विकास बैंक, फाइनान्स, अन्य र व्यापार समूह १ प्रतिशतभन्दा धेरै बढेका छन् । बैंकिङ ०.५२ प्रतिशत बढेको छ । विकास हाइड्रोपावरको मूल्य १० प्रतिशत बढेको छ ।
ग्रिन भेन्चर्स तथा गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य ४ प्रतिशत बढेको छ । सीवाईसी लघुवित्त र नारायणी डेभलपमेन्ट बैंकको ३ प्रतिशतभन्दा धेरै मूल्य घटेको छ ।
पहिलो एक घण्टामा धेरै कारोबार भएका कम्पनीमा ग्रिन भेन्चर्स, हिमालयन रि, हिमालयन डिस्टिलरी, नेपाल पुनर्बीमा र लुम्बिनी विकास बैंक छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4