
News Summary
Generated by OK AI. Editorially reviewed.- २२ साउन, काठमाडौंमा साताको अन्तिम कारोबार दिन कुल ८ अर्ब ५३ करोडको धितोपत्र कारोबार भयो।
- टप १० ब्रोकर कम्पनीको हिस्सा ३५ प्रतिशत रहेकोमा ३ अर्ब ३ करोड रुपैयाँको सेयर खरिद र २ अर्ब ९७ करोड रुपैयाँको बिक्री भयो।
- नेप्से परिसूचक आज १८.३० प्रतिशतले वृद्धि भई लिबर्टी इनर्जी, शिवम् सिमेन्ट र हिमालयन रिइन्स्योरेन्स अग्रस्थानमा रहे।
२२ साउन, काठमाडौं । साताको अन्तिम कारोबार दिन कुल ८ अर्ब ५३ करोडको धितोपत्र कारोबार भयो । यो कारोबार रकममा टप १० ब्रोकर कम्पनीको हिस्सा ३५ प्रतिशत हो । आज टप १० ब्रोकरमार्फत ३ अर्ब ३ करोड रुपैयाँको सेयर खरिद हुँदा २ अर्ब ९७ करोड रुपैयाँको बिक्री भयो ।
पाँच ब्रोकरमार्फत बिक्री धेरै हुँदा अरु पाँचमार्फत खरिद बढी भएको छ । नासा, भिजन, अनलाइन, इम्पेरियल र श्रीहरिमार्फत बिक्री धेरै भएको छ । त्यस्तै सनी, डायनामिक, दिपशिखा, आर्यतारा र क्यापिटल म्याक्समार्फत खरिद बढी भएको छ ।
टप १० ब्रोकरमार्फत आज धेरै कारोबार भएका कम्पनीमा लिबर्टी इनर्जी, शिवम् सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा, कुमारी बैंक, युनाइटेड मोदी हाइड्रोपावर, बुटवल पावर लगायत कम्पनी अगाडि रहे । आज नेप्से परिसूचक १८.३० प्रतिशत बढेको हो । (ब्रोकरको विस्तृत कारोबार हेर्न यहाँ क्लिक गर्नुहोस्)
प्रतिक्रिया 4