+
+
Shares

ठूला १० ब्रोकरमध्ये ७ मार्फत खरिद बढी, यस्तो छ किनबेच

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ११ गते १७:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मंगलबार सेयर बजारमा कुल ४ अर्ब ५७ करोड रुपैयाँको कारोबार भएको छ।
  • ठूला १० ब्रोकरमार्फत ३४ प्रतिशत कारोबार भएको छ र खरिदभन्दा बिक्री रकम बढी देखिएको छ।
  • नेप्से परिसूचक ६२ अंक बढेर २५७१ मा पुगेको छ र बजारको आकार ४२ खर्ब ९८ अर्ब रुपैयाँ कायम छ।

११ कात्तिक, काठमाडौं । मंगलबार सेयर बजारमा कुल ४ अर्ब ५७ करोडको कारोबार भयो । यो कारोबार रकममा ठूला १० ब्रोकरको हिस्सा करिब ३४ प्रतिशत हो । आज ठूला १० ब्रोकरमार्फत १ अर्ब ५६ करोड रुपैयाँको सेयर खरिद हुँदा १ अर्ब ६२ करोड रुपैयाँ बराबरको बिक्री भयो ।

ठूला ब्रोकरमार्फत खरिदभन्दा बिक्री रकम बढी देखिए पनि अधिकांशको बिक्रीभन्दा खरिद बढी देखिन्छ । सात ब्रोकरमार्फत खरिद बढी देखिएको छ भने तीनमार्फत बिक्री बढी देखिएको छ ।

नासा, भिजन, श्रीहरि, इम्पेरियल, डायनामिक, अनलाइन, त्रिशक्तिमार्फत खरिद बढी देखिएको छ । त्यस्तै नेपाल स्टक, एबीसी र आर्यतारामार्फत बिक्री बढी देखिएको छ ।

यस दिन नेप्से परिसूचक ६२ अंक बढेर २५७१ मा कायम भएको छ । बजारको आकार ४२ खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ । (ब्रोकरको विस्तृत कारोबार)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?