
News Summary
Generated by OK AI. Editorially reviewed.- मंगलबार सेयर बजारमा कुल ५ अर्ब ६३ करोडको कारोबार भएको छ, जुन अघिल्लो दिनको तुलनामा घटेको हो।
- टप १० ब्रोकरमार्फत १ अर्ब ८६ करोडको धितोपत्र खरिद हुँदा २ अर्ब ७ करोडको बिक्री भएको छ।
- सेयर बजारमा बुटवल पावर, राधि विद्युत्, युनाइटेड मोदी हाइड्रोपावर लगायत कम्पनीमा बढी कारोबार भएको छ र बजार ६ अंकले बढेको छ।
३ भदौ, काठमाडौं । मंगलबार सेयर बजारमा कुल ५ अर्ब ६३ करोडको कारोबार भयो । यो कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको छ ।
आजको कारोबार रकममा टप १० ब्रोकरको हिस्सा करिब ३५ प्रतिशत हो । आज टप १० ब्रोकरमार्फत खरिदभन्दा बिक्री बढी भएको छ ।
मंगलबार टप १० ब्रोकरमार्फत १ अर्ब ८६ करोडको धितोपत्र खरिद हुँदा २ अर्ब ७ करोडको बिक्री भएको छ । यो ती ब्रोकरको टीएमएसमार्फत कारोबारीले गरेको कारोबार हो ।
टप १० ब्रोकरमध्ये नासा, सनी, अनलाइन र श्री हरिमार्फत खरिद बढी भएको छ भने इम्पेरियल, आर्यतारा, भिजन, सुमेरु, क्यापिटल म्याक्स र डायनामिकमार्फत बिक्री बढी भएको छ ।
यस दिन यी ब्रोकरमार्फत धेरै कारोबार भएका कम्पनीमा बुटवल पावर, राधि विद्युत्, युनाइटेड मोदी हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर, हिमालयन डिस्टिलरी लगायत छन् । यस दिन सेयर बजार ६ अंक बढेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4