Comments Add Comment

चुनाव अघि उपेन्द्रसँग पार्टी एकता नगर्न बाबुरामलाई पार्टी नेताहरुकै दबाव

फाइल तस्वीर

६ वैशाख, काठमाडौं । उपेन्द्र यादवले चुनाव बहिस्कारको बाटो लिएपछि नयाँ शक्ति पार्टीका नेताहरुले चुनाव अघि संघीय समाजवादी फोरमसँग पार्टी एकता नगर्न नेतृत्वलाई दबाव दिएका छन् ।

नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरमबीच पार्टी एकता सहमति नजिक पुगिसकेको छ । नेताहरुले बैशाख पहिलो साताभित्र पार्टी एकता हुने दाबी गरेका थिए ।

तर, संविधान संशोधन विधेयक अस्वीकार गर्दै संघीय समाजवादी फोरमले चुनाव बहिस्कारको बाटो लिएको छ । उपेन्द्र यादव नेतृत्वको संघीय गठवन्धन र मधेसी मोर्चाले स्थानीय तहको चुनाव विथोल्ने गरी आन्दोलनका कार्यक्रम नै घोषणा गरिसकेको छ ।

बुधबरबाट सुरु भएको नयाँ शक्तिको केन्द्रीय कार्यकारिणी परिषदको बैठकमा नेताहरुले संघीय समाजवादी फोरमसँगको एकताबारे प्रश्न उठाएका छन् । ‘चुनाव अघि एकता नगर्दा राम्रो भन्ने मत आएको छ,’ स्रोतले भन्यो, ‘संघीय फोरम आन्दोलनमा छ । एकतापछि पनि उहाँहरु चुनावमा जाने माहोल बनेन भने हामीलाई अप्ठ्यारो पर्छ ।’

नेताहरुले पार्टीको ध्यान चुनावमा केन्द्रीत गर्नुपर्नेमा जोड दिएका छन् । ‘चुनाव चिन्ह प्राप्तका लागि हदैसम्म कठोर आन्दोलन गर्न तयार हुनुपर्छ,’ नयाँ शक्तिका एक नेताले भनेका छन् ।

बैठकमा चुनाव सार्ने खेल भइरहेकोबारे पनि छलफल भएको थियो । नयाँ शक्तिले वैशाख ३१ मै स्थानीय चुनाव हुनुपर्ने भन्दै सबै दलले चुनाव चिन्हका लागि दबाब बढाउनुपर्ने निष्कर्ष निकालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment