Comments Add Comment

प्रहरी हेडक्वाटरले नवराज सिलवाललाई सोध्यो स्पष्टीकरण

६ बैशाख, काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालले डीआईजी नवराज सिलवाललाई स्पष्टीकरण सोधेको छ ।

प्रकाश अर्याल प्रहरी महानिरीक्षक (आईजीपी) भएपछि सिलवालले प्रहरी समन्वय समिति (पीसीसी) सहितका बैठकहरु बहिस्कार गर्दै आएका छन् । ‘बैठकमा किन अनुस्थित भएको भन्दै स्पष्टिकरण सोधिएको हो’ प्रहरी उच्च स्रोतले भन्यो ।

तर, उनले पत्र बुझ्न आनाकानी गरेका छन् । सीआईबीको कार्यालयमा छाडिएको स्पष्टीकरण पत्रमा सिलवाललाई मंगलबारसम्म जवाफ दिन भनिएको छ ।

सिलवालले दिने जवाफका आधारमा कस्तो कदम चाल्ने भन्ने निर्णय लिइने हेडक्वाटर स्रोतको दाबी छ ।

अर्यालले आईजीपीमा बढुवा भएको भोलिपल्टै पीसीसीको बैठक बोलाएका थिए । आईजीपीका दाबेदार जयबहादुर चन्द बैठकमा उपस्थित भएपनि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रमुख सिलवाल गएनन् । त्यस यता पनि उनी कुनै पनि बैठकमा सहभागी भएका छैनन् ।

सरकारले जयबहादुर चन्दलाई डीआईजी बनाएपछि सिलवाल त्यसविरुद्ध सर्वोच्च गएका थिए । सर्वोच्चले उनलाई आईजीपी बनाउनु भन्ने आशयसहित आदेश दिएको थियो ।

तर, सरकारले सर्वोच्चको आदेश अनुसार चार वर्षको कार्यसम्पादन मूल्यांकनमा अर्याल अगाडि देखिएको भन्दै उनलाई आईजीपी बनाउने निर्णय गर्‍यो । सिलवाल यो निर्णयविरुद्ध पनि सर्वोच्च गए तर, उनको माग अनुसार अर्याललाई आईजीपीको काम नगर्न नगराउन अन्तरिम आदेश दिएन ।

सर्वोच्चले कार्यसम्पादन मूल्यांकनको सक्कल कपी नै मागेको छ र, यसबारे पूर्ण इजलासमा १९ गते सुनुवाई हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment