Comments Add Comment

म मेयरको उम्मेदवार होइनः कुलमान


७ बैशाख, काठमाडौं । कुलमान घिसिङले आफू स्थानीय निकायको निर्वाचनमा उम्मेदवार नहुने स्पष्ट पारेका छन् । नेकपा माओवादी केन्द्रले काठमाडौंको मेयरमा उठाउने चर्चा चुलिएका बेला घिसिङले आफू मेयरको लागि उम्मेदवार नहुने स्पष्ट गरेका हुन् ।

फेसबुकमा स्टाटस लेख्दै कुलमानले आफूलाई अहिले मेयरको भन्दा ऊर्जा क्षेत्रको जिम्मेवारी ठूलो हुने बताएका छन् । उनले ऊर्जा क्षेत्रमा सक्रिय आफू अहिले यसबाट बिचलित नहुने बताएका छन् ।

उनले लेखेका छन्-‘मेरो लागि मेयरको जिम्मेवारीभन्दा ऊर्जा क्षेत्रको जिम्मेवारी ठूलो छ । म कहिँ कतै बिचलित हुने छैन ।’

माओवादी केन्द्रका केही नेताहरुले लोडसेडिङ हटाएर लाकप्रियता कामएका कुलमानलाई काठमाडौंको मेयर बनाउनुपर्ने मत राखेका छन् । त्यसैका आधारमा विभिन्न सञ्चारमाध्यमले कुलमान काठमाडौंको मेयरको दावेदार हुने समाचार सम्प्रेशित गरेका थिए ।

तर, कुलमानले आफूले ऊर्जा क्षेत्रमा लिएको जिम्मेवारी मेयरको भन्दा ठूलो हुने बताउँदै त्यसको खण्डन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment