७ बैशाख, काठमाडौं । अन्तरजातीय विवाह गरेको आरोपमा हत्या गरिएका काभ्रे पाँचखालका अजित मिजारको परिवारलाई सरकारले १० लाख रुपैयाँ दिने निर्णय गरेको छ । सरकारले हत्यामा संलग्नलाई कारबाही प्रक्रिया अघि बढाउन गृहमन्त्रालयलाई निर्देशन समेत दिएको छ ।
काभ्रेको ज्यादी गाविस-८ की कल्पना पराजुलीसँग गत असार २५ गते अन्तरजातीय विवाह गरेका अजित मिजार असार ३० गते धादिङमा मृत फेला परेका थिए । उनको हत्या भएको आशंका गरिएको छ ।
(यो पनि पढ्नुहोस् – अन्तरजातीय विवाहले निम्त्याएको दुखान्त)
सो घटनाबारे छानबिन गर्न गठित युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीको नेतृत्वको समितिको सिफारिसको आधारमा मिजारको परिवारलाई क्षतिपूर्ती स्वरुप १० लाख उपलब्ध गराउने र परिवारका सदस्यलाई निःशुल्क शिक्षा दिने निर्णय भएको ऊर्जामन्त्री जनार्दन शर्माले जानकारी दिए ।
मन्त्रिपरिषद बैठकले नेपाल वायु सेवा निगमले नयाँ विमान किन्न सञ्चयकोषसँग लिने ऋणमा सरकार जमानी बस्ने निर्णय पनि गरेको छ ।
यो पनि पढ्नुहोस्
प्रतिक्रिया 4