Comments Add Comment

करण जोहरले भने, ‘को हो अजय देवगण ? म चिन्दिनँ’

बलिउड निर्देशक करण जौहरले अभिनेता अजय देवगणका बारेमा कटु टिप्पणी गरेका छन् । हालै एक अन्तरवार्तामा उनले अजयको बारेमा भने, ‘म त्यो मान्छेलाई चिन्दिन ।’

उनले अगाडि भने, ‘त्यो मान्छे काजोलको श्रीमान होला तर मेरो कोही पनि होइन । न म उसलाई पहिले चिन्थेँ, न अहिले चिन्छु । उसको बारेमा म केही पनि बोल्न चाहन्न ।’

करणको पछिल्ला दिनमा अजयकी श्रीमती काजोलसँग सम्बन्ध नराम्रोसँग बिगि्रएको छ । करणले बारम्बार आफूहरुबीचको बिगि्रएको सम्वन्धबारे टिप्पणी गर्दै आएका छन् । अन्तरवार्तामा उनले भने, ‘कुनै पनि मित्रताको एक्सपायरी डेट हुन्छन्, काजोल र मेरो मित्रतामा त्यो डेट सकिइसकेको छ ।’

करणले गरेको यस्तो टिप्पणीलाई अजय र काजोलले कसरी लिनेहुन् हेर्न बाँकी छ ।-एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment