Comments Add Comment

पत्रपत्रिकाका फ्रन्टपेजः दललाई उम्मेदवार छान्न सकस, ६ मधेसी दलबीच एकता

८ वैशाख, काठमाडौं । ६ मधेसकेन्द्रित दलबीच बिहीबार भएको एकतालाई आजका सबैजसो पत्रपत्रिकाहरुले प्राथमिकताका साथ छापेका छन् । स्थानीय तहमा उम्मेदवारका आकांक्षी धेरै हुँदा दललाई उम्मेदवार छान्न सकस परेको खबर पनि आजका पत्रपत्रिकाहरुले लेखेका छन् ।

प्रधानमन्त्री प्रचण्डले वैशाख ३१ गते एकै चरणमा स्थानीय तह निर्वाचन हुनेमा ढुक्क हुन देशबासीलाई गरेको आग्रहलाई गोरखापत्रले मुख्य खबर बनाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयदेखि ६ मधेसकेन्द्रित दलबीच भएको एकतासम्मका खबर गोरखापत्रको पहिलो पृष्ठमा छ ।

नयाँ पत्रिका दैनिकले ठूला दललाई उम्मेदवार छान्न सकस परेको विषयलाई मुख्य खबर बनाएर छापेको छ । अमेरिकाद्वारा थप ११ वस्तुमा भन्सार छुट दिइएको अर्को विषय पनि नयाँ पत्रिकाको प्रथम पृष्ठमा छ ।

‘६ मधेसी दलबीच एकता’ शीर्षक दिएर मुख्य खबर लेखेको कान्तिपुरले जहाज किन्न सरकार जमानी विषयलाई पनि प्राथमिकताका साथ छापेको छ ।

६ मधेसी दलबीच एकता भएको विषयलाई मुख्य खबर बनाएको अन्नपूर्ण पोस्ट दैनिकले बजेटका तीन विकल्प शीर्षक दिएर बजेटबारे सामग्री पस्केको छ ।

नागरिक दैनिकले उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले निरन्तर क्याबिनेट बैठक बहिष्कार गरेर प्रधानमन्त्रीय पद्धतिकै धज्जी उडाएको लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment