Comments Add Comment

यस्तो बन्यो ‘जालो’को ट्रेलर, वन टेकमा खिचिएकाे हाे फिल्म


चलचित्र ‘जालो’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै गिनिज बुकमा नाम लेखाउने तयारीमा रहेको चलचित्रको ट्रेलर रिलिज गरिएको छ । जेठ १९ गतेबाट यो चलचित्रको प्रदर्शन हुनेछ ।

यो चलचित्रको छायांकन वन टेकमा गरिएको हो । करिब ४ घन्टा लामो चलचित्र ‘जालो र जालो रिटन्र्स’लाई वन टेकमा खिचिएको हो । यसैले पनि यो चलचित्रले विभिन्न नाममा गिनिज बुकमा नाम लेखाउने तयारी गरेको छ ।

६ महिनाको रिसर्च र १९ दिन लामो वर्कसपपछि चलचित्रको छायांकन गर्न सफल भएको निर्देशक अराज केशवले जानकारी दिएका छन् । मंसिर १५ गते यो चलचित्रको छायांकन गरिएको थियो । यी दुई चलचित्रमा ५ वटा गीत समावेश गरिएको निर्माणपक्षले बताएको छ ।

चलचित्रमा निर शाह, अनुपविक्रम शाही, रेमनदास श्रेष्ठ, मेनुका प्रधान, निराजन प्रधान, मुना गौचन लगायतका कलाकारको अभिनय छ । अराज केसव फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रमा कथा, पटकथा पनि अराजकै छ । मोहित मुनाल र अराजले मिलेर यो चलचित्र बनाएका हुन् ।

विश्वले नआँटेको कुरा आफूहरुले गरेको भन्दै निर्देशक अराजले खुशी व्यक्त गरे । चलचित्रलाई ४ घन्टा निरन्तर हरि लामाले खिचेका हुन् । जेठ १९ गते ‘जालो’ रिलिज गर्ने र त्यसपछि ‘जालो रिटन्र्स’ रिलिज गर्ने तयारी यसको निर्माणपक्षले गरेको छ । ‘नो कट, नो रिटेक’मा यो चलचित्र तयार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment