Comments Add Comment

विद्यार्थी नेता न्यौपाने कोहलपुर मेयरको उम्मेदवार, राप्ति सोनारीमा पूर्वसभासद

९ बैशाख, नेपालगञ्ज । नेकपा माओवादी केन्द्रले बाँकेका ६ वटै गाउँपालिका र कोहलपुर नगरपालिकामा प्रमुख तथा उपप्रमुखका उम्मेदवार घोषणा गरेको छ ।

कोहलपुर चौराहामा घोषणा सभा गरी उम्मेदवारहरुको नाम सार्वजनिक गरिएको हो ।

कोहलपुर नगरपालिकाको मेयरमा अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष युवा नेता नरेन्द्र न्यौपाने र उपमेयरमा देवी थारुलाई उम्मेदवार बनाइएको छ ।

राप्ति सोनारी गाउँपालिकाको अध्यक्षमा पूर्व सभासद् पट्टु थारु र उपाध्यक्षमा आस्माली पुनलाई उम्मेदवार बनाइएको छ ।

यसैगरी बैजनाथ गाउँपालिकाको प्रमुखमा राजमोहन थारु र , उपप्रमुखमा मिना वली, खजुरा गाउँपालिकाको प्रमुखमा डम्बर बिक तुफान र उपप्रमुखमा फिरोज बानो खाँ, जानकी गाउँपालिकाको प्रमुखमा रक्षाराम बर्मा र उपप्रमुखमा पुष्पा खटिकलाई उम्मेदवार बनाएको छ ।

यस्तै माओवादीलबाट डुडुवा गाउँपालिका प्रमुखमा भोला यादव, उपप्रमुखमा प्रेमा कुमारी शाही, नरैनापुर गाउँपालिका प्रमुखमा मेराज अहमद खाँलाई प्रमुख र सविना बेगम मुकेरीलाई उपप्रमुखको उम्मेदवारी घोषणा भएको छ ।

मओवादी केन्द्रले नेपालगञ्ज उपमहानगरपालिकामा भने घोषणा गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment