Comments Add Comment

ऐश्वर्यालाई ‘दादा साहेब फाल्के अवार्ड’


मुम्बई । ऐश्वर्या रायले हिन्दी चलचित्र ‘सरबजीतवाट दादा साहब फाल्के एक्सीलेन्स अवार्ड पाएकी छिन् । २० मे २०१६ मा रिलिज भएको यस फिल्ममा ऐश्वर्याले सरबजीत सिंहको बहनी दलबीर कौरको भुमिका निर्वाह गरेकी थिइन् ।

निर्देशक ओमंग कुमारले यस फिल्मको कथा सरबजीत सिंहको जीवनमा आधारित भएर लेखेका थिए । सरबजीत त्यस्ता ब्यक्ति हुन्, जसलाई पाकिस्तानले आतंकवादी भन्दै २२ वर्ष जेलमा राखेको थियो । २ मे २०१३ मा उनको जेलमै मृत्यु भएको थियो ।

ऐश्वर्याको साथै जुबिन नौटियालल र पायद देवले ‘काबिल’ को शीर्षगीतका लागि सर्वोत्कृष्ठ गायकको अवार्ड पाए । फाल्गुनी पाठकलाई भारतीय रानीको अवार्ड दिइएको थियो । अनुप जलोटाले पनि अवार्ड पाएका थिए । संगीत उद्योगमा गीत लेखनमा योगदान दिएको भन्दै जावेद अख्तरलाई पनि दादा साहब फाल्के अवार्ड दिइएको थियो ।

त्यस्तै सैयामी खेरले ‘मिज्र्या’ वाट वेष्ट डेब्यु अवार्ड पाइन् । कार्यक्रममा जीनत अमानलाई लाइफटाइम अचिभमेन्ट अवार्ड दिइयो । राजु श्रीवास्तव, कीर्ति कुल्हरी, पियुष मिश्रा, हेमा मालिनी, राण दग्गुबती, उर्वशी रौतेलालगायतले पनि अवार्ड पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment