+
+
Shares

रेखा थापा काठमाडौंको उपमेयरमा नलड्ने

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख १० गते १८:३५

१० बैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयर पदको निर्वाचनमा रेखा थापा पछि हटेकी छन् । राप्रपाले थापालाई स्थानीय चुनावमा काठमाडौं महानगरपालिकाको उपमेयर पदमा सिफारिस गरेको थियो ।

अनलाइनखबरसँग कुरा गर्दै  थापाले आफू उपमेयरमा चुनाव नलड्ने बताइन् । आफू काठमाडौंको उपमेयरभन्दा माथिल्लो भूमिका पनि निभाउन सक्ने व्यक्ति भएको भन्दै उनले मेयर पदका लागि सक्षम भएको संकेत गरिन् ।

उनले उपमेयरमा मिरा राणा, कोमल वली लगायतका व्यक्तिहरुलाई उठाउन उपयुक्त हुने सुझावसमेत दिइन् ।

आफूलाई काठमाडौंको उपमेयरमा सिफारिस गरेकामा उनले पार्टीप्रति आभार व्यक्त गरिन् ।

नायिका रेखा थापा हालै राप्रपामा प्रवेश गरेकी हुन् । त्यसअघि उनी माओवादीमा लागेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?