Comments Add Comment

शिल्पा र निखिलको प्रेममा को ‘भिलेन’ ?


नायिका शिल्पा पोख्रेल यतिबेला चलचित्र ‘भिलेन’को छायांकनमा व्यस्त छिन् । उनले, निर्माण तथा अभिनय गरेको चलचित्र ‘मंगलम’ भने यही दशैमा रिलिज हुँदैछ ।
नायिका शिल्पाले पहिलो पटक यो चलचित्रमा नायक निखिल उप्रेतीसँग पर्दा शेयर गरेकी छिन् । रौतहटको चन्द्रनिगाहापुरमा चलचित्रको छायांकन भैरहेको छ ।

शिल्पाले अनलाइनखबरसँग भनिन्-‘यो चलचित्रले अन्तरजातिय विवाहको कथालाई उठान गरेको छ । यसमा, त्यस्तो भिलेन कोही भन्ने छैनन् । तर, अन्तरजातिय विवाह गर्दा धेरै भिलेन त भैहाल्छन् नी ।’

कपिल खत्रीको निर्माणमा छायांकन भैरहेको चलचित्रलाई देवेन्द्रराज पाण्डेले निर्देशन गरिरहेका छन् । चलचित्रमा निखिल उप्रेती, शिल्पा पोख्रेलको साथमा कपिल खत्रीको मुख्य भूमिका छ । नायिका निशा अधिकारी चलचित्रमा विशेष भूमिकामा देखिदैछिन् ।

चैत्र २८ गतेबाट सुुरु गरिएको छायांकन ४० दिन लगाएर खिचिनेछ । नीशा र निखिलले यस अगाडि चलचित्र ‘लुटेरा’मा काम गरिसकेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment