चलचित्र ‘पर्व’मा समावेश ‘काले दाई काले दाई’ बोलको गीतबाट मोडल तथा नायिका माला लिम्बुलाई दर्शकले चिन्ने मौका पाए । हुनत, उनको चर्चा भन्दा बढी गीतको चर्चा भैरहेको छ ।
‘वन वे’ चलचित्रबाट नेपाली चलचित्रमा डेब्यू गरेकी माला यो क्षेत्रमा जम्ने कोशिशमा त छिन्, तर सफलता त्यती पाएकी छैनन् । उनलाई दर्शकले म्यूजिक भिडियो र चलचित्रको आइटम गीतमा हट अवतारमा देख्ने गरेका छन् ।
उनै माला हिजोआज मिडियासँग भाग्न खोज्छिन् । सायद, उनलाई मिडियासँग दोहोरो कुराकानी गर्न अप्ठ्यारो लागेको हुनसक्छ । केही समय अगाडि एक साप्ताहिकमा ‘केटाहरु मलाई गधा जस्तो लाग्छ’ भनेर इन्टरभ्यू दिएपछि उनको आलोचना बढी भयो । केही दिन अगाडि मात्र चलचित्र ‘रातो घर’को पत्रकार सम्मेलनमा मालाले ‘झापा’ जिल्लालाई ‘देश’ भनिदिइन् ।
मालाले ‘झापा’लाई ‘देश’ भनेको भिडियो यहाँ हेर्नुहोस्ः
उनी, आफू नेपाली राम्रोसँग बोल्न नजान्ने बताउँछिन् । यसैले,पनि होला उनलाई मिडियासँग कुराकानी गर्न भनेपछि ज्वरो नै आउँछ । तर, कलाकार भैसकेपछि मिडियाबाट टाढा भागेर कहिलेसम्म साध्य लाग्छ र माला जी ? मिडियासँग टाढा हुन खोज्नु भन्दा बरु बोल्ने तरिका पो सिक्ने हो कि ?
तस्बिरः कमल प्रसाई
प्रतिक्रिया 4