+
+

निजी स्कुलविरुद्ध उत्रिए विद्यार्थीः भोलि धर्ना, पर्सि स्कुलमा तालाबन्दी

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख ११ गते १७:३१

११ बैशाख, काठमाडौं । विद्यार्थी संगठनहरुले निजी विद्यालयमा तालाबन्दी लगायतका आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

निजी शैक्षिक संस्थाहरुले नियमविपरित चर्को शुल्क लिएको विषयमा छलफल गर्न सोमबार संयुक्त विद्यार्थी आन्दोलन समितिको बैठक बसेको थियो ।

बैठकले मंगलबार देशभरका जिल्ला शिक्षा कार्यालय अगाडि विरोध प्रदर्शनसहित धर्ना दिने तथा बुधबार चर्को शुल्क लिने निजी विद्यालयहरुको लेखा र प्रशासन शाखामा तालाबन्दी गर्ने निर्णय गरेको अनेरास्ववियुका नेता आरसी लामिछानेले जानकारी दिए ।

बैठकमा कांग्रेस निकट नेविसंघ, एमाले निकट अनेरास्ववियु, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, जनमोर्चा निकट अखिल छैटौं, माले निकट अखिल पाँचौं र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट निकट अखिल क्रान्तिकारीका नेताहरु सहभागी थिए ।

बैठकले विश्वविद्यालय तहको सेमेस्टर प्रणालीलाई व्यवस्थित बनाउन पनि माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?