+
+
Shares

अर्घाखाँचीका भट्टराईको कतारमा मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख १२ गते १०:४०

२५ अप्रील, कतार । रोजगारीको सिलसिलामा कतार आएका अर्घाखाँची जिल्ला साविकको सिमलपानी गाविस-९ बाउनटोलका ३० वर्षीय बिष्णु भट्टराईको सवारी दुर्घटनामा परी कतारमा मृत्यु भएको छ ।

यही अप्रील २० तारिखमा डिउटीको समयमा सवारी दुर्घटनामा परी घाइते भएका उनको मृत्यु भएको हो ।

भट्टराईको दुःखद निधन भएको भन्दै अर्घाखाँची सेवा समाज कतारले खुःख व्यक्त गरेको छ ।

भट्टराईको दुःख निधन भएको भन्दै अध्यक्ष ठाकुर परियारले नयाँ वर्षका अवसरमा आयोजना गरिएको साँस्कृतिक कार्यक्रम पनि स्थगित गरिएको बताए ।

मृतक भट्टराईको शव अहिले हमद जनरल अस्पतालको शव गृहमा राखिएको छ । समाजले शवलाई नेपाल पठाउन पहल गरिरहेको छ ।

कागजीय प्रक्रिया पूरा गरी छिटो भन्दा छिटो शवलाई नेपाल पठाउन कम्पनीबाट पनि आवश्यक कार्य भैरहेको सोही कम्पनीमा कार्यरत टिकरलोक राईले बताए ।

भट्टराईको घरमा श्रीमति र ५ महिनाको छोरा रहेको मृतकका साला सन्दिप बस्नेतले बताए ।

भट्टराई बिगत ७ बर्षदेखि कतारको एक प्रतिष्ठित कम्पनी पिजाहटमा होम डेलिभरीको रुपमा कार्यरत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?