Comments Add Comment

बच्चालाई कसरी ताजा र पोषिलो खानेकुरामा बानी पार्ने ?

धेरै आमा चिन्तामा हुन्छन्, बच्चाले राम्ररी खाना नखाएकोमा । सानो बच्चालाई शारीरिक तथा मानसिक विकासको लागि सन्तुलित खानपानको आवश्यक्ता हुन्छ । तर, बच्चाले खान मान्दैनन् ।

अझ सागपातमा उनीहरुलाई अभ्यस्त गराउन गाह्रो हुन्छ । उनीहरुको शरीरलाई आवश्यक सबै पोषक तत्व प्राप्त हुने खानेकुरा खाँदैनन् । बरु, अस्वस्थ्यकर खानेकुरामा उनीहरु लोभिन्छन् । चकलेट, मीठाई, जंकफूडमै बढी जोड दिन्छन् । तर, ताजा फलफूल, सब्जी, दही, दुध रुचाउँदैनन् ।

–    बच्चालाई त्यही उमेरदेखि स्वस्थ्यवद्धृक खानेकुरामा अभ्यस्त गराउनुपर्छ, जतिबेला उनीहरुको जिब्रोमा अन्य खानेकुराको स्वाद भिजेको हुँदैन ।

–    बच्चाले खाने जाउलोमा सागपात मिसाउने, फलफूलको जुस बनाएर ख्वाउने गर्नुपर्छ ।

–    बच्चाको खानामा सब्जी, फल, दाल, सलाद समावेश गर्नुपर्छ । सानैदेखि उनीहरुलाई चिल्लो, तारेको, मसलेदार खाना बानी पार्नु हुँदैन ।

–    खानेकुरा राम्ररी सजाएर सर्भ गर्नुपर्छ, यसले पनि उनीहरुलाई लोभ्याउँछ ।

–    बच्चालाई खाना ख्वाउनका लागि प्रोत्साहित गर्नुपर्छ, जबरजस्ती गर्ने होइन ।

–    यदि बुझ्ने अवस्थाका बच्चा छन् भने उनीहरुलाई भान्सामा लगेर खानेकुरा पकाउने काममा सहभागी गराउनुहोस् । यसले उनीहरु खुसी हुन्छन् । साथै आफैले बनाएको खानेकुरा खाने रहर पनि जाग्छ ।

–    खाना पकाउनुअघि कस्तो खाने भनेर बच्चाको राय पनि लिनुपर्छ ।

–    साप्ताहिक तालिका बनाएर हरेक दिन नयाँ किसिमको खानेकुरा तयार गर्नुपर्छ ।

–    खानेकुरा किनमेल गर्नका लागि पनि बच्चालाई सहभागी गराउनुपर्छ । उनीहरुलाई सब्जी छनौट गर्न लगाउने र खरिद गरिदिने गर्नुपर्छ । आफुले खरिद गरेको खानेकुरा खान उनीहरु रमाउँछन् ।

– घरको खानेकुरा स्वस्थ्यवर्द्धक, सफा, ताजा हुन्छ । यद्यपी खाना बनाउने क्रममा त्यो बच्चाका लागि कति उपयोगी छ भन्ने कुरामा ख्याल गर्नुपर्छ ।

–    खानेकुरा तयार गर्दा बच्चाको स्वाद र स्वस्थ्यलाई ध्यान दिनुपर्छ ।

–    बच्चाको खानामा पर्याप्त पोषक तत्व हुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment