+
+
Shares

बाढीपछि पुनर्निर्माण गर्न मलेसियाले दियो नेपाललाई १५ करोडभन्दा बढी रकम

भोटेकोशी बाढीमा मलेसियाका समेत ५० भन्दा बढी नागरिक सम्पर्कविहीन छन् । मलेसियाले आफ्ना नागरिकको अवस्थाबारे चासो राख्दै आएको छ । 

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २८ गते १९:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मलेसियाले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको पुनर्स्थापना र पुनर्निर्माणका लागि नेपाललाई १० लाख अमेरिकी डलर सहयोग गरेको छ।
  • मलेसियाका विदेशमन्त्री दातो सेरी उतामा हाजी मोहम्मद बिन हाजी हसनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी चेक हस्तान्तरण गरे।
  • नेपालका लागि मलेसियाली नियोगकी कार्यवाहक प्रमुख मुदिता बज्राचार्यले आर्थिक तथा प्राविधिक सहयोगका लागि मलेसिया सरकारलाई धन्यवाद दिइन्।

२८ असोज, काठमाडौं । मलेसियाले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्र पुनर्स्थापना र पुनर्निर्माणका लागि नेपाललाई १० लाख अमेरिकी डलर (१५ करोड रुपैयाँभन्दा बढी) सहयोग गरेको छ ।

मलेसियाका विदेशमन्त्री दातो सेरी उतामा हाजी मोहम्मद बिन हाजी हसनले नेपालको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

नेपालका लागि मलेसियाली नियोगकी कार्यवाहक प्रमुख मुदिता बज्राचार्यले आज विदेशमन्त्री हसनबाट चेक ग्रहण गरेकी हुन् । उक्त सहयोग १० भदौमा भोटेकोशीमा आएको विनाशकारी बाढीपछि नेपालले अघि बढाइरहेको पुनर्स्थापना तथा पुनर्निर्माण प्रयासमा सहयोग पुर्‍याउने उद्देश्यले प्रदान गरिएको हो ।

चेक हस्तान्तरण क्रममा मलेसियाका विदेशमन्त्री हसनले बाढीका कारण भएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गर्दै मृतकका परिवार तथा प्रभावित नेपालीप्रति समवेदना प्रकट गरे ।

कार्यवाहक प्रमुख बज्राचार्यले नेपालको विपद् पुनर्स्थापना प्रयासमा आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराएकोमा मलेसिया सरकारलाई धन्यवाद दिइन् । उनले विपद्का बेला नेपाली जनताप्रति मलेसियाले व्यक्त गरेको ऐक्यबद्धताको पनि प्रशंसा गरिन् ।

मलेसियाको यो सहयोग भोटेकोशी बाढीबाट प्रभावित क्षेत्र पुनर्स्थापना र पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत परिचालन गरिने दूतावासले जनाएको छ ।

भोटेकोशी बाढीमा मलेसियाका समेत ५० भन्दा बढी नागरिक सम्पर्कविहीन छन् । मलेसियाले आफ्ना नागरिकको अवस्थाबारे चासो राख्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?