२६ अप्रील, अयरल्याण्ड । नेपाली समाज लिमरिक, आयरल्याण्डले नयाँ कार्यसमितिको चयन गरेको छ।
ड़ायोसिन सेन्टर, डेनमार्क स्ट्रीट लिमरिकमा अप्रील २६ मा भएको नेपालीहरूको भेलाले प्रेमप्रसाद घलेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेके हे ।
ग़ैरआवासीय नेपाली विद्यार्थी तथा उपस्थित ग़ैरआवासीय नेपाली परिवारहरूको सभाले घलेको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमितिको गठन गरेको हो।
कार्यसिमितके उपाध्यक्षमा उपाध्यक्ष उत्तम पाण्डे प्रजया न्यौपाने र मिलन आचार्य चयन भएका छन् । यस्तै महासचिवमा सुमन कुँवर, सचिवमा बिजयकुमार बुढ़ाथोकी, कोषाध्यक्षमा शीतल बस्नेत, सहकोषाध्यक्षमा अमृतकुमार श्रेष्ठ चयन भएका छन् ।
कार्यसमिति सदस्यहरूमा नगेन्द्र सिंह ठकुरी, कृष्ण काफ्ले, बाबुकृष्ण खतिवडा, सज्ना खड़का, अरुण के.सी., मिलन गौतम, शिवा अधिकारी, मुकेश घिमिरे, मदन तिमिलसिना, राजकुमार प्रधान, चंद्रमडी खरेल र सृजना बस्नेत चयन भएका छन् ।
पछिल्लो २ वर्षे कार्यकाल सम्हालेका निवर्तमान अध्यक्ष सनम थापा ‘माइकल’ ले प्रेम घलेलाई कार्यभार हस्तान्तरण गरेका छन्।
यसका साथै भेलाले संस्थापक अध्यक्ष राज थापाको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समितिको गठन गरेको छ ।
जसमा सनम थापा ‘माइकल’, बुद्ध लामा, लक्ष्मी पौड़ेल, डम्मर गौतम, टेक अधिकारी, मुना अधिकारी र समीर खरेल लगायत रहेका छन ।
राज थापाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजिकरण बुद्ध लामाले गरेका थिए ।
प्रतिक्रिया 4