Comments Add Comment

बलिउड स्टार शिल्पा सेट्टीको हेल्थ टिप्स

अभिनेत्री शिल्पा शेट्टीको सौन्दर्यको राज के हो ? उनी यो उमेरमा पनि कसरी जवान र आकर्षक छिन् ?

जो कसैले फटाफट जवाफ दिन सक्छन्, उनी स्वास्थ्यप्रति सर्तक छिन् । खानपानमा ध्यान दिन्छिन् । र, त्यो भन्दा बढी योगमा उनको विछट्टै लगाव छ । अहिले शिल्पालाई सम्झनसाथ उनको फिल्म होइन, योग आसनको स्मरण हुन्छ ।  आफ्नो फिगर, स्वास्थ्य र योगका लागि शिल्पा दुनियभर चिनिएकी छिन् । यसै मेसोमा शिल्पा शेट्टीले आफ्नो स्वस्थ्य जीवनशैलीको टिप्स दिएकी छिन् ।

१. बिहान चाडै उठ्ने र रातको खाना चाडै खाने, स्वस्थ्य जीवनशैलीको पहिलो सर्त हो । त्यसैले यो कुरामा ध्यान दिनुहोस् कि बिहान चाडै उठ्ने र राती छिटै सुत्ने गर्नुहोस् ।

२. ब्रेकफास्ट एवं विहानको खाना पेटभर खानुपर्छ । उक्त खानामा पौष्टिक तत्व सामेल गर्नुहोस् ।

३. राती साढे सात वा आठ बजेसम्म खाना खान सक्नुहुन्छ । तर, त्यसपछि भने कुनैपनि खानपिन नगरौं । जब तपाई सुत्नुहुनेछ, तब खाना पचिसकेको हुनेछ । यसले गर्दा शरीरमा बोसो जम्मा हुन पाउादैन । साथै निन्द्रा पनि राम्ररी लाग्छ ।

४. आफ्नो डाइटमा नरिवल तेल सामेल गर्नु स्वस्थ्य विकल्प हो । खानका लागि मात्र होइन, कुल्ला गर्नका लागि पनि यसको प्रयोग गर्न सकिनेछ । किनभने यसले मुखलाई ब्याक्टेरिया पि|m राख्छ र किटाणुलाई शरीरभित्र जान दिदैन ।

५. दिनदिनै व्यायाम गर्नुपर्छ भन्ने छैन, हप्तामा कम्तिमा तीन दिन व्यायाम गर्नुहोस् । ४५ मिनेटदेखि १ घण्टासम्म व्यायाम गर्नुहोस् । यसपछि गहिरो सास लिने र छाड्ने गर्नुहोस् ।

६. सोडा, कोल्ड ड्रिक जस्ता चिज स्वास्थ्यका लागि ठीक हुादैन । यसको ठााउमा प्राकृतिक पेय जस्तो कागति पानी, लस्सी आदि राम्रो विकल्प हो ।

७. तपाई जे खानुहुन्छ, त्यो चपाउन एकदमै जरुरी छ । यसले गर्दा तपाईको पाचन यन्त्रलाई खानेकुरा पचाउनका लागि अतिरिक्त शक्ति खर्च गर्नु पर्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment