Comments Add Comment

एमालेको विशेष सर्कुलरः उम्मेदवारले सम्पत्ति विवरण पार्टीमा बुझाउनू

सबै प्रदेश र जिल्लामा चुनाव केन्दि्रत कानुनी डेस्क स्थापना गरिने

१४ वैशाख, काठमाडौं । नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्ने पार्टीका सबै नेता कार्यकर्तालाई आफ्नो सम्पत्ति विवरण अनिवार्य रुपमा पेश गर्न सर्कुलर जारी गरेको छ ।

एमाले महासचिव ईश्वर पोखरेलले पठाएको ११ बुँदे सर्कुलरको आठौं बुँदामा उम्मेदवारले सम्पत्ति विवरण र व्यक्तिगत विवरण बुझाउनुपर्ने उल्लेख छ । बिहीबार भएको केन्द्रीय प्रचार भेलाको बन्द सत्रमा महासचिव पोखरेलले एमालेबाट जितेका जनप्रतिनिधिलाई सुशासन र सदाचारभित्र राख्नका लागि सम्पत्ति विवरण पार्टीमा बुझाउनुपर्ने व्यवस्था गरिएको बताए ।

चुनाव जित्नुअघिको सम्पत्ति र जितेर बाहिर निस्कदासम्मको सम्पत्ति विवरण पार्टीले लिने नीति एमालेले बनाएको छ ।

एमालेले चुनाव परिचालनका लागि तत्कालै बिभिन्न उपसमितिहरु गठन गर्न प्रदेश र जिल्ला कमिटीहरुलाई निर्देशन दिएको छ । स्थानीय तहको निर्वाचनको तयारीका सम्बन्धमा पठाइएको ११ बुँदे विशेष सर्कुलरमा निर्वाचन परिचालन कमिटी तत्काल गठन गरेर चुनाव प्रचार थाल्न निर्देशन दिइएको छ ।

एमालेले चुनावका सन्दर्भमा प्रचार प्रसार, आर्थिक परिचालिन, स्वयसेवक तथा सुरक्षा समन्वय उपसमिति गठन गर्न सर्कुलर पठाएको छ । हरेक जिल्ला र प्रदेशमा चुनाव केन्दि्रत कानुनी डेस्क समेत खडा एमालेले निर्देशन दिएको छ ।

अन्य दलसँग चुनावीका तालमेलका सन्दर्भमा तालमेल स्थानीय आवश्यकता, पार्टीको जीतको सुनिश्चितता र पार्टी प्रतिष्ठालाई समेत ध्यानमा राख्न निर्देशन दिइएको छ । तालमेल आवश्यकता रहे नरहेको विश्लेषण गर्ने र आवश्यक भए तत्काल संयन्त्र निर्माण गरि अघि बढाउने गरि सर्कुलर पठाएको महासचिव पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment