+
+
Shares

चुनावमा राजपा नेपालसँग सहकार्य गर्छौंः उपेन्द्र यादव

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख १४ गते १५:११

१४ बैशाख, काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी र नवगठित राष्ट्रिय जनता पार्टी नेपालबीच सहकार्य हुनसक्ने बताएका छन् ।

आफ्नो पार्टीले देशभर चुनाव लड्न चाहेको भन्दै उनले १८ गतेभित्रै संविधान संशोधन हुनु पर्ने बताए ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा अध्यक्ष यादव भने,’हामीबीच चुनाव र संघर्ष दुवैमा सहकार्य हुन्छ, अरुसँगपनि तालमेल गर्न सकिन्छ ।’

संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच चुनावमा तालमेल गर्ने सहमति भइसकेको छ ।

१८ गतेभित्रै संशोधन होस्

मधेसी मोर्चाका नेता यादवले संसदको प्रक्रियामा रहेको संविधान संशोधन विद्येयक १८ गतेभित्र पास हुनु पर्ने बताए । उनले भने, ‘सरकार, राजपा नेपाल र संघीय गठबन्धनबीच भद्र सहमति भएर नै यो संशोधन प्रस्ताव अगाडि बढाइएको हो, बैशाख १८ गतेभित्रै यसलाई संसदबाट अनुमोदन गराउनुपर्छ र गर्न सकिन्छ ।’

संघीय गठबन्धनका संयोजक समेत रहेका यादवले संशोधन प्रस्ताव पारित नभए निर्वाचनमा भाग नलिने चेतावनी दिए । उनले भने, ‘प्रस्ताव पारित गराउन वातावरण बनाउनको लागि हामीले केही दिनमात्रै संघर्षका कार्यक्रमहरु स्थगन गरेका छौं, यदि प्रस्ताव पारित नभए हामी आन्दोलनमा जान्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?