+
+
Shares

चुनावमा राजपा नेपालसँग सहकार्य गर्छौंः उपेन्द्र यादव

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख १४ गते १५:११

१४ बैशाख, काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी र नवगठित राष्ट्रिय जनता पार्टी नेपालबीच सहकार्य हुनसक्ने बताएका छन् ।

आफ्नो पार्टीले देशभर चुनाव लड्न चाहेको भन्दै उनले १८ गतेभित्रै संविधान संशोधन हुनु पर्ने बताए ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा अध्यक्ष यादव भने,’हामीबीच चुनाव र संघर्ष दुवैमा सहकार्य हुन्छ, अरुसँगपनि तालमेल गर्न सकिन्छ ।’

संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच चुनावमा तालमेल गर्ने सहमति भइसकेको छ ।

१८ गतेभित्रै संशोधन होस्

मधेसी मोर्चाका नेता यादवले संसदको प्रक्रियामा रहेको संविधान संशोधन विद्येयक १८ गतेभित्र पास हुनु पर्ने बताए । उनले भने, ‘सरकार, राजपा नेपाल र संघीय गठबन्धनबीच भद्र सहमति भएर नै यो संशोधन प्रस्ताव अगाडि बढाइएको हो, बैशाख १८ गतेभित्रै यसलाई संसदबाट अनुमोदन गराउनुपर्छ र गर्न सकिन्छ ।’

संघीय गठबन्धनका संयोजक समेत रहेका यादवले संशोधन प्रस्ताव पारित नभए निर्वाचनमा भाग नलिने चेतावनी दिए । उनले भने, ‘प्रस्ताव पारित गराउन वातावरण बनाउनको लागि हामीले केही दिनमात्रै संघर्षका कार्यक्रमहरु स्थगन गरेका छौं, यदि प्रस्ताव पारित नभए हामी आन्दोलनमा जान्छौं ।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?