Comments Add Comment

रामेछापका स्थानीय तहमा एमालेका को-को उम्मेदवार ? (सूचीसहित)

१४ बैशाख, रामेछाप । बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि एमाले रामेछापले मन्थली नगरपालिकाको प्रमुख बाहेक अन्य उम्मेदवार टुङ्गो लगाएको छ ।

एमालेले ६ गाउँपालिका र १ नगरपालिकाको प्रमुख र उप्रमुख तथा मन्थली नगरपालिकाको उपप्रमुखको उम्मेदवार तय गरेको । सबै गाउँ र नगरका वडाका अध्यक्ष तथा सदस्यका उम्मेदवार पनि छनोट भएका छन् ।

एमालेका जिल्ला सचिव आनन्द श्रेष्ठका अनुसार जिल्लाका २ नगरपालिकाका र ६ गाउँपालिकका प्रमुख र उपप्रमुख तथा ६४ वटा वटा वडाका अध्यक्ष र सदस्यहरु मध्ये ६० भन्दा बढी वडाको टुङ्गो लागिसकेको छ ।

मन्थली नगरपालिकाको प्रमुखको भने शुक्रबारसम्म टुङ्गो लाग्ने सचिव श्रेष्ठले बताए । शुक्रबारसम्म सबै नाम टुङ्गनिे उनले बताए ।

एमाले रामेछापका प्रचार विभाग प्रमुख प्रकाश कार्कीका अनुसार उमाकुण्ड गाउँपालिकाको प्रमुखमा शेरबहादुर सुनुवार र उपप्रमुखमा महारानी कार्कीलाई उम्मेदवार बनाउने तय भएको छ । सुनुवार पि्रती गाविसमा पूर्व अध्यक्ष हुन् ।

यसैगरी गोकुलगंगाको प्रमुखमा रस्नालु गाविसका पूर्व अध्यक्ष खड्ग सुनुवार र उपप्रमुखमा राधिका श्रेष्ठलाई अघि सारेको छ ।

लिखु गाउँपालिकामा गोविन्द खड्का र दीपशिखा दाहाललाई प्रमुख र उपप्रमुखकका उम्मेदवार बनाइएको छ । गएको संविधानसभामा राप्रपाबाट एक नं क्षेमा उम्मेदवार रहेका खड्का केही समय अघि एमाले प्रवेश गरेका थिए ।

खाँडादेवीमा एमालेले पार्टीका जिल्ला उपाध्यक्ष प्रेम तामाङलाई प्रमुख र मखमली श्रेष्ठलाई उपप्रमुखको उम्मेदवार बनाएको छ । जनमोर्चाको पृष्ठभूमिबाट एमालेमा पुगेका तामाङले जिल्ला विकासको राजनीतिक संयन्त्रमा समेत एमालेको तर्फबाट प्रतिनिधित्व गर्दै लामो समय काम गरिसकेका छन् ।

दोरम्बा गाउँपालिकामा भने एमालेले डडुवा गाविसका पूर्वगाविस उपाध्यक्ष प्रेम लामालाई प्रमुखको उम्मेदवार बनाएको छ । उपप्रमुखमा सुभद्रा पाठक कँडेललाई अघि सारेको छ ।

माओवादीको बढी प्रभाव रहेको सुनापती गाउँपालिकामा माओवादीकै पृष्ठभूमिबाट आएका प्रदिप योञ्जनलाई प्रमुखको उम्मेदवार बनाएको छ ।

जनमोर्चाको राजनीतिक पृष्ठभूमिबाट आएका योञ्जन एमालेको तर्फबाट जिल्ला विकास समितिका सदस्य समेत भइसकेका पुराना नेता हुन् । योञ्जन बिचमा माओवादीमा संलग्न भई केही समय अघि एमालेमा फर्किएका थिए ।

माओवादी केन्द्रले पार्टीका जिल्ला इञ्चार्ज धावा लामालाई नै उम्मेदवार बनाएपछि सबैले यो निर्वाचनलाई महत्वका साथ हेरेका छन् ।

सुनापतिको उप्रमुखमा पाशाङ डोल्माको नाम प्रस्ताव भएपनि त्यसको अन्तिम निर्णय भने हुन बाँकी रहेको एमालेले जनाएको छ ।

रामेछाप नगपालिकाको मेयरमा रोशन पाखि्रनलाई उम्मेदवार बनाइएको छ । उपप्रमुखमा शान्ता सापकोटा र सिता केसीको दावी रहेकोमा केसीको मतदाता नामावलीमै नाम नभएपछि सापकोटाको निश्चित भएको छ ।

मन्थली नगरपालिको प्रमुखको भने अझै टुङ्गो लागेको छैन । पार्टी सचिव आनन्द श्रेष्ठ, पूर्वजिविस सभपाति रमेश वस्नेत, धु्रव कार्की, लव श्रेष्ठ लगायतको दाबी छ । शुक्रबारसम्म टुङ्गो लाग्ने एमाले सचिव आनन्द श्रेष्ठले जनकारी दिए । उपप्रमुखमा भने मायाँ कार्कीको टुङ्गो लागेको छ ।

एउटा बाहेक सबै प्रमुख उम्मेदवार जनजाति

तमाङ र सुनुवार समुदायको बाक्लो बसोबास रहेको रामेछापमा एमालेले स्थानीय तहका उम्मेदवार छनोट गर्दा सोही समुदायका नेतालाई प्राथमिकता दिएको छ । ७ स्थानीय तहका प्रमुखमध्ये लिखुमा गोविन्द खड्का बाहेक सबै तहमा आदिवासी जनजातिलाई प्रमुखमा अघि सारेको ।

एमालेले दुईजना सुनुवार र ४ जना तामाङलाई प्रमुखको उम्मेदवार बनाएको छ । महिला र दलित भने उपप्रमुख तथा वडा सदस्यमा मात्र उम्मेदवार बनेका छन् ।

महिलाहरु सबै नयाँ

एमालेले अघि सारेका महिला उम्मेदवारहरु सबै नयाँ छन् । उनीहरुसँग यस अघिको निर्वाचन र स्थानीय निकायको अभ्यास छैन । उप्रमुखमा उम्मेदवार बनेकामध्ये मन्थली नगरपालिकाकी मायाँ कार्की महिला संघकी केन्दि्रय सदस्य हुन् ।

त्यसैगरी अनेमसंघकी अध्यक्ष भएकी रामेछाप नगपालिकाकी उप्रमुखकी उम्मेदवार शान्ता सापकोटा पनि यस अघि यस्तो अनुभव नभएकी उम्मेदवार हुन् । लिखु गाउँपालिकाकी दीपशिखा दाहाल पनि पार्टीमा लामो समयदेखि सक्रिय रहेकी भए पनि उनलाई पनि चुनावी अनुभव छैन ।

तुलनात्मक रुपमा पुरुषहरु भने पुरानो अनुभव भएका उम्मेदवारहरु छन् । गोकुल गंगाका खड्ग सुनुवार र उमाकुण्डका शेरबहादुर सुनुवारले यसअघि नै गाविस अध्यक्ष चलाइसकेका छन् । लिखुका गोविन्द खड्कालाई स्थानीय तहको अनुभव नभएको पनि सभासदकै चुनाव लडेकाले चुनावको राम्रो अनुभव छ ।

सुनापतिका उम्मेदवार प्रदिप योञ्जन पूर्वजिविस सदस्य समेत भएकोले उनलाई स्थानीय तहको राम्रो अनुभव छ । दोरम्बाका प्रेम लामाले पनि गाविस उपाध्यक्ष भएर स्थानीय तहको अनुभव प्राप्त गरेका छन् ।

खाँडादेवीका प्रेम तामाङको निर्वाचित भएर काम गरेको अनुभव नभए पनि जिल्ला विकास समितिको संयन्त्रमा बसेर काम गरेको लामो अनुभव छ ।

कहाँ-को उम्मेदवार ?

स्थानीय तह प्रमुख उपप्रमुख
रामेछाप नगरपालिका रोशन पाख्रिन शान्ता सापकोटा पौडेल
मन्थली नगरपालिका टुंगिन बाँकी माया कार्की
उमाकुण्ड गाउँपालिका शेरवहादुर  सुनुवार महारानी कार्की
गोकुलगंगा गाउँपालिका खड्गबहादुर सुनुवार राधिका श्रेष्ठ
लिखु गाउँपालिका गोविन्दवहादुर खड्का दीपशिखा दाहाल
खाँडादेवी गाउँपालिका प्रेमवहादुर तामाङ मखमली श्रेष्ठ
सुनापाती गाउँपालिका प्रदिप योन्जन पासाङ डोमा तामाङ
दोरम्बा गाउँपालिका प्रेम लामा सुभद्रा पाठक कँडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment