Comments Add Comment

बुद्ध जयन्ती भव्य रुपमा मनाउँदै युएईमा रहेका नेपाली


२७अप्रिल, युएई । शान्तिका अग्रदूत भगवान गौतम बुद्धको २५६१ औं जयन्ती युएईमा भव्य रुपमा मनाउने तयारी हुँदैछ । युएईमा क्रियाशील चालीस नेपाली संघ–सस्थाहरुको संयुक्त पहलमा अबुधाबीमा आगामी मे १२ तारिख बुद्धजयन्ती मनाउन लागिएको हो ।

गौतम बुद्धको जन्मभूमि नेपालको पर्यटक प्रबद्र्धनसँगै अन्य देशमा गौतम बुद्धको जन्मस्थलका बारे छरिएको भ्रम चिर्न यो कार्यक्रम आयोजना गर्न लागिएको कार्यक्रमका संयोजक सुरेन्द्र थिङ तामाङले गत शुक्रबार पत्रकार सम्मेलनमा बताए ।

गौतम वुद्ध नेपालीहरुको गौरव भएकाले संयुक्त रुपमा बुद्ध जयन्ती मनाउन लागिएको जानकारी नेपाल आदिवासी जनजाति महासंघ युएईले दिएको छ ।

करिब बाह्र लाख रुपैयाँ बराबरको अनुमानित खर्चको बजेट प्रस्तुत गर्दै कार्यक्रमका आर्थिक संयोजक एकेन्द्रबहादुर थापाले कार्यक्रमबाट करिब १५ देखि १८ लाख रुपैयाँ आम्दानी हुने र प्राप्त आम्दानीलाई कल्याणकारी काममा खर्च गरिने योजना रहेको जानकारी दिए ।

बौद्ध धर्मगुरु बौद्ध महासंघका पूर्व अध्यक्ष खेन्पो भगेन्द्र सिलानन्दप्रसाद तिमल्सिनाको विशेष उपस्तिथिमा प्रवचन हुने कार्यक्रममा अन्य देशका नागरिकहरुलाई निमन्त्रणा गरिएको आयोजकले बताएका छन् ।

भगवान् गौतम बुद्ध सम्बन्धी जानकारी सहितको केही समयको भिडियो प्रस्तुत गरिने र साथमा नेपालका लोक तथा दोहोरी गायक खुमन अधिकारी, लोक तथा दोहोरी गायिका कोपिला गुरुङ, सेलो गायक रोज मोक्तानका साथमा युएईमा रहेका कलाकारहरुको प्रस्तुति रहने कार्यक्रम मूल आयोजक समिति सदस्य गोविन्द ढकालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment