+
+
Shares

रौतहटमा कक्षा १२ का ४० परीक्षार्थीलाई कार्वाही

गौतम श्रेष्ठ गौतम श्रेष्ठ
२०७४ वैशाख १७ गते १६:१७

१७ बैशाख, रौतहट । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत कक्षा १२ को परीक्षामा अमर्यादित क्रियाकलाप गर्ने रौतहटका विभिन्न केन्द्रहरुका ४० जना परीक्षार्थीहरुलाई कार्वाही गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड हेटौडाका प्रमुख यमबहादुर खड्काको नेतृत्वमा आएको टोलीले परीक्षा केन्द्रहरु निरीक्षणको क्रममा अमर्यादित क्रियाकलापमा संलग्न पाइएपछि विद्यार्थीहरुको आइतबारको परीक्षा रद्द गरिएको हो ।

गौरी शंकर यादव रौतहट क्याम्पसको परीक्षा केन्द्रबाट १० जना, जुद्ध क्याम्पस गौर परीक्षा केन्द्रबाट ९ जना, उच्च मावि झुन्खुन्वा परीक्षा केन्द्रबाट ९ जना, उच्च मावि धरहरी परीक्षा केन्द्रबाट ८ जना, उच्च माबि कटहरीया परीक्षा केन्द्रबाट ७ जना र मध्य क्षेत्रीय प्रहरी विद्यालय परीक्षा केन्द्र जिगंडीयाबाट २ जना परीक्षार्थीहरुलाई निष्काशित गरेको हो ।

आइतबार परीक्षा केन्द्रहरुमा अर्थशास्त्र, जनसंख्या, रसायन शास्त्र विषयको परीक्षा संचालन भइरहेको थियो ।

रौतहटमा संचालन भइरहेको कक्षा १२ को परीक्षामा चिट चोरी हुने क्रम बढदै गए पछि आइतबार राष्ट्रिय परीक्षा बोर्डका प्रमुखसहितको टोलि आइतबार रौतहटमा परीक्षा अनुगमनको लागि आएको परीक्षा बोर्डका प्रशासन सहायक ब्रहृमनारायण चौधरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?