Comments Add Comment

गोपाल पराजुलीले रातारात सम्हाले कार्यबाहक प्रधानन्यायाधीशको कार्यभार

१७ बैशाख, काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्की महाअभियोग लागेर निलम्बनमा परेलगत्तै न्यायाधीश गोपाल पराजुलीले कार्यवाहक प्रधानन्यायाधीशको कार्यभार सम्हालेका छन् ।

पराजुलीले सर्वोच्च अदालतको वरिष्ठ न्यायाधीशको आधारमा कार्यवाहक प्रधानन्यायाधीशको कार्यभार सम्हालेका हुन् । सोमबार सार्बजनिक विदा भएकाले आइतबार बेलुकी नै पराजुलीले कार्यबाहकको जिम्मेवारी सम्हालेको स्रोतले बतायो ।

सरकारको निर्णयमा हस्तक्षेप गरेको आरोप लगाउँदै सत्तारुढ कांग्रेस र माओवादीका सांसदहरुले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध आजै संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गराएका छन् । कांग्रेसका मिन विश्वकर्मा प्रस्तावक र माओवादी केन्द्रका टेकबहादुर बस्नेत समर्थक रहेको महाअभियोग प्रस्तावमा २५९ सांसदको हस्ताक्षर छ ।

यद्यपी हस्ताक्षरकर्ताले आफूहरुको हस्ताक्षर कीर्ते गरेको दाबी गर्दै आएका छन् । गृहमन्त्री विमलेन्द्र निधिले समेत महाअभियोगमा असन्तुष्टि जनाउँदै आजै राजीनामा दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment