Comments Add Comment

सुशासन समितिले भन्यो- भीआइपीको पनि विश्वास छैन, सुरक्षा जाँच गर्नू


१८ बैशाख, काठमाडौ । संसदको सुशासन तथा अनुगमन समिति अन्र्तगतको उपसमितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भीआइपी प्यासेन्जरलाई पनि अनिवार्य चेकिङको व्यवस्था मिलाउन सुझाव दिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रणाली सम्वन्धी अध्ययन गर्न गठित उपसमितिले यस्तो सुझाव दिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ठूलो परिणाममा सुन भित्रिएको र डलर बाहरिएको खुलासा भएपछि त्यहाँको सुरक्षा ब्यवस्थाबारे अध्ययन गरिएको थियो ।

समितिले विमानस्थल हँदै गरिने अवैध कारोबारमा भीआइपी प्यासेन्जरको पनि संलग्न हुन सक्ने भन्दै उनीहरुको पनि सुरक्षा जाँच गर्ने ब्यवस्था गर्न भनेको हो ।

केही हप्ताअघि नेपाल एयरलाइन्सका सिनियर क्याप्टेन नै अवैध डलरसहित पक्राउ परेका थिए । उपसमितिले भिआइपी प्यासेन्जरलाई पूर्ण विश्वास गरी चेकिङ नगर्दा त्यस्तै अवैध सामान भित्रिन र बाहरिन सक्ने खतरा औंल्याएको छ ।

यस्तै उपसमितिले विमानस्थलभित्रको सीसी टिभी क्यामेराको संख्या र क्षमता बढाउन पनि सुझाव दिएको छ । यस्तै विमानस्थलमा प्यासेन्जरको बिस्तृत सुचना राख्ने सफ्टवेयर प्रयोग गर्न सुझाव दिएको छ ।

उपसमितिले अवैध सुन तथा अन्य त्यस्ता वस्तु बाहिरिने विभिन्न सम्भावित बाटोहरु औंल्याएको छ । उपसमितिले अन्तर्राष्ट्रिय विमानस्थल र आन्तरिक टर्मिनल क्षेत्र बीचको खुल्ला बाटो बन्द गर्न सिफारिस गरेको छ ।

यस्तै व्यागेज बेल्टका एक्स नगरी लगेज राख्न मिल्ने प्वालहरु अविलम्ब वन्द गर्न सिफारिस गरेको छ ।

उपसमितिले व्यागेज होलदेखि व्यागेज बेल्टसम्म व्यागेज ल्याउँदा वन्द कन्टेनरमा ओसार गर्न सुझाएको छ । यस्तै एक्सरे भइसकेका ब्यागेजलाई पनि पुन एक्सरे गर्ने व्यवस्था गर्न सिफारिस गरेको छ ।

यस्तै उपसमितिले लोडरहरु करारमा नियुक्त गर्ने प्रावधान नराख्न पनि सुझाव दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment