Comments Add Comment

गड्यौला खाएरै विश्व कीर्तिमान, जसले दिनहुँ खान्छन् छेपारोदेखि झुसिलकिरासम्म

उनले साङला पनि खान्छन् । उनको सबैभन्दा मनपर्ने खानेकुरा चाहीँ बिच्छी हो । अनि उनले गड्यौला खाएर विश्वकिर्तिमान कायम गरेका छन् ।

भारतको तमिल नाडुस्थित कोइम्बटोरमा बस्ने २७ वर्षका जोन पिटरले सबैभन्दा धेरै किरा फट्यांग्रा खाने विषयमा विश्व किर्तिमान राखेका छन् ।

उनको दैनिकी किरा फट्यांग्रा खाएरै बित्दछ । बिहानको खाजामा डोसा र आधा किलो गड्यौला हुन्छ । लञ्चको रुपमा सागपात र गड्यौला भरेको स्याण्डविच खाने गर्छन्, जो उनकी आमाले तयार गरिदिन्छिन् । दिउसोको स्न्याकको रुपमा १० देखि २० वटा सम्म छेपारोहरु हजम गर्छन् । बेलुकीको स्न्याकमा साङला र कमिला खान्छन् । अनि डिनरमा दाल भातका साथै घाँसे फट्याङग्रा र ड्रागन फ्लाई ।

घाँसे किरा, साङला, कमिला तथा माकुरा पनि उनका दैनिक भोजन हुन् । भ्यागुता, चिप्लेकिरा, किर्ना खानपनि उनी मन पराउँछन् ।

हप्ताको एक दिन विशेष भोजनको रुपमा बिच्छी खाने गर्छन् उनी ।

टेलिभिजन श्रृंखला म्यान भर्सेस वाइल्डबाट प्रभावित भएर १५ वर्षको उमेरदेखि नै उनले किट पतंग खान थालेका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment