+
+
Shares

आईजीपी नियुक्ति प्रकरणः सर्वोच्चमा पेशी नै तोकिएन

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख १९ गते ११:३९


१९ बैशाख, काठमाडौं । आईजीपी नियुक्ति प्रकरणमा सर्वोच्च अदालतको पूर्ण इजलासमा आज हुने भनिएको सुनुवाई स्थगित भएको छ । आज यो मुद्दाको पेशी नै तोकिएन ।

आईजीपी नियुक्ति बदरको माग गर्दै डीआईजी नवराज सिलवालले दायर गरेको रिटमा सर्वोच्चले कार्यसम्पादनको सक्कल मूल्यांकन माग गर्दै १९ गते पूर्ण इजलासमा सुनुवाई हुने बताएको थियो । तर, यसको पूर्वसंख्यामा प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध कांग्रेस र माओवादीका सांसदहरुले महाअभियोग दर्ता गरे ।

कार्कीको निलम्बनसँगै वरिष्ठ न्यायाधीश गोपाल पराजुलीले कार्यवाहक प्रधानन्यायाधीश भएका छन् ।

उनले कार्यबाहक सम्हालेकै पहिलो दिन सोमबार आईजीपी नियुक्ति प्रकरणको पूर्ण इजलासमा सुनुवाई हुनु पर्ने थियो । तर, उनले पेशी नै तोकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?