Comments Add Comment

काठमाडौंको मेयरमा एमालेको विवाद सकियो, विद्यासुन्दर शाक्यले बाजी मारे

उपमेयरमा राप्रपालाई छाडिने

१९ बैशाख, काठमाडौं । नेकपा एमालेले पार्टीभित्रको लामो विवादलाई समाधान गर्दै काठमाडौं महानगरपालिकाको मेयरमा विद्यासुन्दर शाक्यलाई उठाउने निर्णय गरेको छ । उपमेयरमा भने एमालेले राप्रपालाई छाडेको छ ।

महानगरपालिका मेयरका उम्मेद्वार शाक्य ०४९ र ०५४ सालको स्थानीय चुनावमा काठमाडौं २१ का वडाध्यक्ष थिए । उनी एमालेका काठमाडौं जिल्ला सचिव हुन् ।

महानगरको मेयरलाई लिएर एमालेभित्र विवाद थियो । माधव नेपाल पक्षका जीवनराम श्रेष्ठ, र वामदेव पक्षका केशव स्थापितले समेत मेयरमा दाबी गर्दै आएका थिए । गौरी प्रधान पनि मेयरका दाबेदार थिए ।

अन्तिम घडीमा एमाले नेता जीवनराम श्रेष्ठले केशव स्थापितलाई उठाउनुभन्दा विद्यासुन्दरलाई समर्थन गर्छु भन्दै पछि हटेपछि शाक्यका नाममा सहमति भएको हो । गौरी प्रधानले पनि आफू अमेरिका जान लागेको भन्दै दाबेदारी छाडेका थिए ।

शाक्य केपी ओली निकटका नेता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment