+
+

माछापुच्छ्रे बैंकको नाफा ६१ प्रतिशत बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख १९ गते १६:११


१९ बैशाख, काठमाडौं । माछापुच्छ्रे बैंकको नाफा ६१ प्रतिशतले वृद्धि भएको छ । गत आवको तेस्रो त्रैमाश (चैतसम्म) ६२ करोड रुपैयाँ नाफा कमाएको बैंकले चालु आवको तेस्रो त्रैमाशमा भने १ अर्ब रुपैयाँ कमाएको हो ।

बैंकको व्यवसाय आकारमा बढोत्तरी भएको छ । गत वर्ष १ अर्ब ३१ करोड रुपैयाँ व्याज आम्दानी गरेको बैंकले चालु आवमा १ अर्ब ७५ करोड ब्याज आम्दानी गर्न सकेको हो । ब्याज आम्दानीमा करिब ३३ प्रतिशतको वृद्धि देखिएको छ । बैंकको कुल सञ्चालन अम्दानी ३६ प्रतिशतले बढेर २ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । बैंकले करिब ४२ करोड रुपैयाँ आम्दानी फि, कमिसन, बैदेशीक मुद्राको विनिमय र अन्य आम्दानीबाट गरेको छ ।

बैंक यसअघि खराब कर्जामा रहेको १३ करोड ५९ रुपैयाँ उठाउन सफल भएको देखिन्छ । बैंकको कुल कर्जामा खराब कर्जाको दरमा मात्रै ०.३६ प्रतिशत छ ।  बैंकले १४ करोड ५० लाख  रुपैयाँ सम्भावित जाखिम बापतको नोक्सानलाई समेत छुट्याएको छ ।

बैंकको पुँजी कोष अनुपात राष्ट्र बैंकले तोकेको सीमाभन्दा निकै सहज अवस्थामा छ । यो अनुपात १६.३० प्रतिशत रहेको छ । बैंकको कर्जा निक्षेप अनुपात (सीसीडी रेसियो) केही खुकुलो भएको छ । यो दर ७१.९५ प्रतिशत छ । राष्ट्र बैंकले दिएको नीतिगत सहुलियत नघटाउने हो भने यो दर ७७.८९ प्रतिशत छ ।

बैंकको चुक्ता पुँजीमा ६ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । बैंकको सञ्चिती तथा जगेडा कोषमा १ अर्ब ७५ करोड रुपैयाँ छ । बैंकको निक्षेप करिब २० प्रतिशतले बढेर ५८ अर्ब र कर्जा ३० प्रतिशत बढेर ५३ अर्ब लगानी भएको छ । बैंकको कर्जा दिदा आधार मानिने बेस रेट पुसको ६.९८ प्रतिशतको तुलनामा बढेर ८.३० पुगेको छ ।

बैंकको प्रतिसेयर आम्दानी २४.६९ रुपैयाँ, मूल्य आम्दानी अनुपात १८.११ गुणा, प्रतिसेयर नेटवर्थ १ सय २६ रुपैयाँ रहेको छ । बैंकको सेयरमा प्रतिफल केही घटेको छ । गत आवमा १९.०४ रहेको बैंकको सेयरमा प्रतिफल चालु आवको दोस्रो त्रैमाशमा भने १६.२३ थियो । तेस्रो त्रैमाशमा भने केही घटेर १६.०४ प्रतिशतमा सीमित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?