Comments Add Comment

सुमधुर सम्बन्धका लागि पति-पत्नीले जान्नैपर्छ पारिवारिक हेल्थ

दाम्पत्य सम्बन्धलाई सुमधुर र सुखी राख्नका लागि एकअर्काप्रति दर्बिलो विश्वास, भरोसा, आत्मियता हुनुपर्छ । त्यससँगै एकअर्कालाई केयर पनि गर्नुपर्छ । आफ्ना पार्टनरको स्वास्थ्य अवस्था कस्तो छ ? पार्टनरलाई स्वस्थ्य र तन्दुरुस्त राख्न आफुले के गर्ने भन्ने कुरामा ध्यान दिनुपर्छ ।

पार्टनरको फेमेली हेल्थ फाइल

–   परिवारमा कसमा कस्तो स्वास्थ्य समस्या छ, यसको जानकारी हुनैपर्छ । मधुमेहदेखि उच्च रक्तचाप जस्ता समस्याले कोहि न कोहि ग्रसित हुनसक्छन् ।

–   आफ्नो परिवारका स्वास्थ्य स्थितीबारे बेलावखत छलफल गर्नुपर्छ ।

–   परिवारको रोगबाट वेवास्ता गरियो भने त्यसको प्रभाव दोस्रो पुस्तामा समेत देखिन सक्छ । तपाईको बच्चाले जन्मदै रोग लिएर आउन सक्छ ।

–   परिवारका सदस्य बेला बेलामा आफुनो स्वास्थ्य जाँच गराउनुपर्छ । साथै विज्ञको परामर्श पनि लिनुपर्छ ।

पार्टनर ओभरवेट त छैन ?

–   अक्सर एकसाथ भएर पनि थाहा हुँदैन कि, पार्टनरको शरीर कति भद्दा भइसक्यो भन्ने कुरा ।

–   यदि पार्टनरको तौल अनियन्त्रित रुपमा बढ्दैछ भने त्यसलाई नियन्त्रण गर्न तपाईले सहयोगी भूमिका खेल्नुपर्छ ।

–   यदि तौल बढिरहेको छ भने डाइट प्लान बनाउने, व्यायाम गर्ने कामलाई निरन्तरता दिनुपर्छ ।

पार्टनरको स्लिप प्यार्टन परिवर्तन हुँदैछ ?

–   सुत्ने बानीमा परिवर्तन हुँदैछ भने, सर्तक हुनुपर्छ । किनभने पार्टनर मानसिक चिन्तामा पो छन् कि ?

–   यदि पार्टनर लगातार तनावमा छन् भने उनीहरु सुत्न सक्दैनन् । उनीहरु विस्तारै विस्तारै आक्रमक र रिसाह हुँदै जान्छन् ।

–   पार्टनरसँग बुझ्नुपर्छ कि, उसलाई के कुराले चिन्तित बनाएको छ ?

–   पार्टनरलाई आवश्यक सल्लाह, सुझाव दिने र हौसला बढाइदिने काम गर्नुपर्छ ।

पार्टनरलाई कुनै यौनजन्य रोग छ कि ?

–   पार्टनरलाई यौनजन्य रोग भएर पनि त्यसलाई लुकाउन सक्छ । तर, यस्तो कुरा पार्टनरबीच खुलस्त हुनुपर्छ ।

–   पार्टनरलाई यौनजन्य रोग भए दुबै मिलेर त्यसको निदान खोज्नुपर्छ ।

मानसिक स्वस्थ्यको बारेमा पनि जान्नुपर्छ

–   पार्टनर किन र्झकन्छ, किन चाडै रिसाउँछ ? त्यसको कुनै न कुनै कारण हुनसक्छ ।

–   पार्टनर रिसाएको बेला बादबिवाद गर्ने भन्दा बरु रिसाउनुको कारण खोज्नुपर्छ । यसले सहि निकास निकाल्न सजिलो हुन्छ ।

–   पति पत्नी मानसिक रुपले पनि स्वस्थ्य हुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment