Comments Add Comment

यो हो पहिलो रोबोट पत्रकार, एक सेकेण्डमा लेख्छ ३ सय शव्द

अक्षरको खेती गर्ने पत्रकारहरुको जागिर धरापमा पर्ने देखिएको छ । किनकी एक सेकेण्डमा ३ सय शव्द लेख्न सक्ने रोबोट पत्रकार फिल्डमा उत्रिएको छ ।

जिआओ नान नामक विश्वकै पहिलो रोबोट पत्रकारको आविष्कार कुनै चमत्कार भन्दा कम छैन ।

चीनले हालै एउटा यस्तो रोबोट पत्रकार तयार गरेको छ जोसँग लेखनको अद्भुत क्षमता छ । यो पहिलो रोबोट पत्रकारले लेखेको लेख चीनको सदर्न मेट्रोपोलिस डेलीमा छापिइसकेको छ ।

एक सेकेण्डमा कुनै गल्ती विना नै ३ सय शव्द सजिलैसँग लेख्न सक्ने यो रोबोटले आफ्नो पहिलो लेख चाहीँ वसन्त उत्सवका बेला यात्रीहरुको ठूलो भीडका बारेमा लेखेको छ ।

चीनले पहिलो रोबोट पत्रकार खटाएसँगै पूरै दुनियाका लागि चर्चाको विषय बनेको छ । यो रोबोट हरेक प्रकारका समाचार लेख्न समेत माहिर रहेको बताइएको छ । यसले केवल समाचार मात्र लेख्दैन, घटना समाचारमाथि विश्लेषण पनि गर्न सक्दछ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment