+
+

नबिल र नेपाल इन्भेष्टमेन्ट २ अर्बको क्लबमा कायमै, ३ अर्ब माथीको व्यवसाय

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख २० गते ११:२३


२० बैशाख, काठमाडौं । नबिल बैंकको नाफा करिब ३१ प्रतिशतले वृद्धि भएको छ । गत आवको तेस्रो त्रैमाश (चैतसम्म) २ अर्ब ५ करोड रुपैयाँ नाफा कमाएको बैंकले चालु आवको तेस्रो त्रैमाशमा भने २ अर्ब ६८ करोड रुपैयाँ कमाएको हो ।

बैंकको व्यवसाय आकारमा बढोत्तरी भएको छ । गत वर्ष ३ अर्ब ३ करोड रुपैयाँ व्याज आम्दानी गरेको बैंकले चालु आवमा ४ अर्ब ८ करोड  ब्याज आम्दानी गर्न सकेको हो । ब्याज आम्दानीमा ३४ प्रतिशतको वृद्धि देखिएको छ ।

बैंकको कुल सञ्चालन अम्दानी ३५ प्रतिशतले बढेर ४ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । बैंकले करिब १ अर्ब १५ करोड रुपैयाँ आम्दानी फि, कमिसन, बैदेशीक मुद्राको विनिमय र अन्य आम्दानीबाट गरेको छ ।

बैंकको राइट ब्याक नगन्य छ । बैंकको कुल कर्जामा खराब कर्जाको दरमा मात्रै ०.९५ प्रतिशत छ । बैंकले ३ करोड ३ लाख रुपैयाँ सम्भावित जाखिम बापतको नोक्सानलाई समेत छुट्याएको छ ।

बैंकको पुँजी कोष अनुपात राष्ट्र बैंकले तोकेको सीमाभन्दा सहज अवस्थामा छ । यो अनुपात १२.८४ प्रतिशत रहेको छ । बैंकको कर्जा निक्षेप अनुपात (सीसीडी रेसियो) ७९.७५ प्रतिशत छ ।

बैंकको चुक्ता पुँजीमा ६ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । बैंकको सञ्चिती तथा जगेडा कोषमा ८ अर्ब ०९ करोड रुपैयाँ छ । बैंकको निक्षेप करिब ४ प्रतिशतले बढेर १ खर्ब १७ अर्ब र कर्जा २८ प्रतिशत बढेर ९० अर्ब लगानी भएको छ । बैंकको कर्जा दिदा आधार मानिने बेस रेट पुसको ४.३३ प्रतिशतको तुलनामा बढेर ५.७१ पुगेको छ ।

बैंकको प्रतिसेयर आम्दानी ५८.२२ रुपैयाँ, मूल्य आम्दानी अनुपात २७.३१ गुणा, प्रतिसेयर नेटवर्थ २ सय ३१ रुपैयाँ रहेको छ । बैंकको सेयरमा प्रतिफल केही बढेको छ । गत आवमा २७.२२ रहेको बैंकको सेयरमा प्रतिफल हाल भने २८.३३ छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक

नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा २९ प्रतिशतले वृद्धि भएको छ । गत आवको तेस्रो त्रैमाश (चैतसम्म) १ अर्ब ८३ करोड रुपैयाँ नाफा कमाएको बैंकले चालु आवको तेस्रो त्रैमाशमा भने २ अर्ब ३७ करोड रुपैयाँ कमाएको हो ।

बैंकको व्यवसाय आकारमा बढोत्तरी भएको छ । गत वर्ष  २ अर्ब ७० करोड  रुपैयाँ व्याज आम्दानी गरेको बैंकले चालु आवमा ३ अर्ब ४७ करोड ब्याज आम्दानी गर्न सकेको हो । ब्याज आम्दानीमा करिब २९ प्रतिशतको वृद्धि देखिएको छ ।

बैंकको कुल सञ्चालन अम्दानी २९ प्रतिशतले बढेर २ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । बैंकले करिब १ अर्ब ३६ करोड रुपैयाँ आम्दानी फि, कमिसन, बैदेशीक मुद्राको विनिमय र अन्य आम्दानीबाट गरेको छ ।

बैंक यसअघि खराब कर्जामा रहेको २० करोड ५४ रुपैयाँ उठाउन सफल भएको देखिन्छ । बैंकको कुल कर्जामा खराब कर्जाको दरमा मात्रै ०.६४ प्रतिशत छ । बैंकले ४३ करोड ५७ लाख रुपैयाँ सम्भावित जाखिम बापतको नोक्सानलाई समेत छुट्याएको छ ।

बैंकको पुँजी कोष अनुपात राष्ट्र बैंकले तोकेको सीमाभन्दा निकै सहज अवस्थामा छ । यो अनुपात १३.७८ प्रतिशत रहेको छ । बैंकको कर्जा निक्षेप अनुपात (सीसीडी रेसियो) केही खुकुलो भएको छ । यो दर ६९.१७ प्रतिशत छ । राष्ट्र बैंकले दिएको नीतिगत सहुलियतले यो दर कम देखिएको हुनसक्छ ।

बैंकको चुक्ता पुँजीमा ८ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ । बैंकको सञ्चिती तथा जगेडा कोषमा ९ अर्ब ९५ करोड रुपैयाँ छ । बैंकको निक्षेप करिब ६.२५प्रतिशतले बढेर १ खर्ब १९ अर्ब र कर्जा २०.२३ प्रतिशत बढेर १ खर्ब १ अर्ब लगानी भएको छ । बैंकको कर्जा दिदा आधार मानिने बेस रेट पुसको ५.६९ प्रतिशतको तुलनामा बढेर ६.८९ पुगेको छ ।

बैंकको प्रतिसेयर आम्दानी ३६.२४ रुपैयाँ, मूल्य आम्दानी अनुपात २२.१० गुणा, प्रतिसेयर नेटवर्थ २ सय १३ रुपैयाँ रहेको छ । बैंकको सेयरमा प्रतिफल केही घटेको छ । गत आवमा १४.४९ रहेको बैंकको सेयरमा प्रतिफल चालु आवको दोस्रो त्रैमाशमा भने १८.२२ पुगेको थियो । तेस्रो त्रैमाशमा भने केही घटेर १६.९५ प्रतिशतमा सिमित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?