+
+
Shares

उम्मेदवारले आचारसंहिता पालना नगरे कारबाही गर्ने प्रमुख आयुक्तको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख २० गते १२:००


२० वैशाख, काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पालना नगर्ने उम्मेदवारलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले निर्वाचन ऐन, नियम, कानुन र आचारसंहिता पालना नगर्ने उम्मेदवारलाई कडा कारबाही गरिने बताए ।

नेत्रहीन संघले बुधबार काठमाडांैमा आयोजना गरेको स्थानीय तह निर्वाचनसम्बन्धी प्रशिक्षण कार्यक्रममा यादवले निर्वाचन आचारसंहिता पालना नगर्ने उम्मेदवार विजयी भए पनि कानुन पालना गर्न÷गराउन नसक्ने बताए ।

उनले निर्वाचन प्रचार गर्दा कसैको पनि मानमर्दन गर्ने काम नगर्न पनि राजनीतिक दल र उम्मेदवारहरुलाई आग्रह गरे ।

यादवले निर्वाचन आचारसंहिता पालना भए/नभएको अनुगमन गरिदिन संचारकर्मीसँग पनि आग्रह गरेका छन् ।

उनले स्थानीय तहको निर्वाचनमा जनता ज्यादै उत्साही भएको बताए । साथै सबैलाई मतदानमा भाग हुन पनि यादवले आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?