+
+

डोल्पाको शे-फोक्सुण्डो र डोल्पो बुद्ध गाउँपालिका प्रमुखमा निर्विरोध

सञ्चार समस्याका कारण निर्विरोधका थप विवरण अाउन बाँकी

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख २० गते १३:१७

२० वैशाख, डोल्पा । डोल्पा जिल्लाका दुई गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार शे-फोक्सुण्डो र डोल्पो बुद्ध गाउँपालिकामा एउटैमात्र उम्मेदवारी परेकोले निर्विरोध निर्वाचित भएका हुन् ।

शे-फोक्सुण्डो गाउँपालिका प्रमुखमा एमालेका तसी तुण्डुक गुरुङ निर्विरोध निर्वाचित भएको जिल्ला निर्वाचन अधिकृत रामवहादुर बुढाले बताए । उपप्रमुख बाहेक अरु सबै पदमा एमालेका उम्मेदवार निर्विरोध भएका छन् ।

डोल्पो बुद्ध गाउँपालिकाको प्रमुखमा एमालेका लंकवहादुर रोकाय निर्विरोध निर्वाचित भएका छन् । डोल्पोमा उपप्रमुख सहित अन्य पदमा पनि एमालेको मात्र उम्मेदवारी परेको छ । जिल्ला निर्वाचन अधिकृत बुढाले डोल्पोमा टेलिफोन सम्पर्क नभएका कारण विस्तृत विवरण लिन नसकिएको बताए ।

प्रहरीको सन्चार सेटबाट सम्पर्कको प्रयास भइरहेको उनले बताए । उनले भने- ‘आधिकारिक रुपमा कहाँ-कहाँ निर्विरोध भए भन्ने कुरा सबै विवरण आएपछि मात्र भन्न सकिन्छ ।’

डोल्पाका बिभिन्न २८ वडामा निर्विरोध निर्वाचित भएको खबर आए पनि सञ्चार सम्पर्क हुन नसकेकाले आधिकारिक विवरण दिन नसकिएको बुढाले बताए ।

माथिल्लो डोल्पा एमालेको प्रभाव क्षेत्र हो । डोल्पाको एकमात्र निर्वाचन क्षेत्रमा एमालेका धनवहादुर बुढा सभासद निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?