Comments Add Comment

उम्मेदवारले के-के गर्नु हुँदैन ?

२० वैशाख काठमाडौ । प्रत्येक उम्मेदवारलाई वैशाख १९ गतेदेखि नै निर्वाचन आचारसंहिता लागु भएको निर्वाचन आयोगले जनाएको छ ।
अब निर्वाचन आचारसंहितामा भएको व्यवस्था विपरित गतिबिधी गर्ने उम्मेदवारले सोही अनुसार सजाय पाउनेछन् ।

महानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवारले निर्वाचन प्रचार प्रसारको लागि बढीमा दुईवटासम्म चारपाङ्ग्रे हलुका सवारी साधन र दुई मोटरसाइकल प्रयोग गर्न पाउानेछन् ।

त्यसभन्दा बढी गाडी प्रयोग गरी चुनाव प्रचार गरेमा निर्वाचन आचारसंहिता उल्लंघन भएको ठहर हुनेछ । महानगरपालिका अन्र्तगतको वडा अध्यक्ष तथा सदस्यका उम्मेदवारले चुनाव प्रचारका लागि एउटा चारपाङ्ग्रे हलुका सवारी साधन र एउटा मोटरसाइकल प्रयोग गर्न सक्नेछन् ।

यस्तै उपमहानगरपालिका र नगरपालिकाको मेयर र उपमेयरले चुनावी प्रचारका लागि एउटा चारपाङ्ग्रे हलुका सवारी साधन र दुईवटा मोटरसाइकल प्रयोग गर्न पाउनेछन् ।

यस्तै गाउापालिका प्रमुख र उपप्रमुखले पनि सवारी साधानका रुपमा एकवटा सानो गाडी र दुई मोटर साइकल प्रयोग गर्न पाउनेछन् ।

गाउापालिका र नगरपालिका अन्र्तगतका सबै वडा अध्यक्ष तथा सदस्यहरुले भने दुईवटा मोटरसाइकल प्रयोग गर्न पाउनेछन् ।

सवारी साधन नचल्ने ठाउामा भने बढीमा दुईवटा घोडा प्रयोग गर्न सक्नेछन् । निर्वाचन आचारसंहिताले उम्मेदवारहरूले चुनावी प्रचारका लागि सवारी साधन प्रयोग गर्दा अनुमति लिनुपर्ने व्यवस्था छ ।

यस्तै कुनै पनि एक उम्मेदवारले अर्को उम्मेदवारले अनुमति लिएको सवारी सधान प्रयोग गर्न पाउने छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment