Comments Add Comment

बाँकेमा १० महिनामा ५३ वटा आगलागीका घटना

३ बालबालिकाको मृत्यु, करोडौको क्षति

२० वैशाख, नेपालगन्ज । बाँकेमा गत १० महिनामा ५३ वटा आगलागीका घटना भएका छन् । अधिकांश घटना नेपालगन्ज उप-महानगरपालिका क्षेत्रभित्र भएको जिल्ला प्रहरी कार्यालय बााकेले जनाएको छ ।

१० महिनाको अवधिमा भएका आगलागीका घटनाहरुमा तीन बालबालिकाको मृत्यु भएको छ भने ११ चौपायको समेत मृत्यु भएको प्रहरीले जनाएको छ ।

अागलागीबाट करोडौंको सम्पत्ती नष्ट भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । सबैभन्दा बढी आगलागीबाट नेपालगन्ज उप-महानगरपालिकामा क्षति भएको जिल्ला प्रहरी कार्यालय बााकेका प्रहरी निरिक्षक लक्ष्मण शाहीले जानकारी दिए ।

नेपालगन्ज उप-महानगरपालिकामा १९ वटा, बैजनाथ गाउँलिकामा ९, नरैनापुर गाउँलिकामा ७, राप्ती सोनारी गाउँलिकामा ४, खजुरा गाउँलिकामा ४, डुडुवा गाउँलिकामा ६, जानकी गाउँलिकामा ३ र कोहलपुर नगरपालिकामा १ गरी ५३ वटा आगलागीका घटना भएका छन् ।

प्रहरी निरीक्षक शाहीले गत १० महिनामा भएका आगलागीमा ४७ सर्वसाधारणको घर, १२ गोठ, करिब ५० वटा खरले छाएको कच्चि छाप्रा र तीन सरकारी भवन जलेर नष्ट भएको बाताए ।

आगलागिबाट करिब तीन करोड ९० लाख ९८ हजार ५ सय २६ रकम बराबरको क्षति भएको आंकलन गरिएको उनको भनाइ छ ।

नरैनापुरको हुलासपुरमा आगलागी

२० वैशाख नेपालगन्ज । बााकेको राप्तीपारी नरैनापुर गाउपालिका-५ हुलासपूरमा बुधबार दिउासो आगलागी भएको छ ।

करिव २ बजेतिर स्थानीय शालिकराम यादवको घरबाट सल्केको आगोले २५ घर, ५ गोठ र २ बाख्रा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बााकेका प्रहरी उपरीक्षक टेकप्रसाद राईले जानकारी दिए ।

आगलागीको खबर आउने वित्तिकै भारतीय बाटो हुादै दमकल घटनास्थल पुगेको थियो । तर, त्यसअघि नै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय जनताको सहयोगले सााझ ५ बजेतिर आगो नियन्त्रणमा आइसकेको थियो ।

प्रहरी उपरीक्षक राईले घटनास्थल सदरमुकाम नेपालगन्जबाट करिव ४० किलोमिटर दक्षिणपूर्व विकट क्षेत्रमा भएको कारण नेपालगन्जबाट सो ठााउमा दमकल पुग्ने बाटो नभएकोले भारतीय बाटो हुादै जानु बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment