Comments Add Comment

काबुलमा नेटो सैनिकलाई लक्षित गरी आक्रमण, ८ मृत्यु

२० वैशाख, काबुल । अफगानिस्तानको राजधानी काबुलमा अवस्थित अमेरिकी राजदूतावास र नेटो प्रमुख कार्यालय नजिकै नेटो सैनिकको एक समूहलाई लक्षित गरी बुधबार शक्तिशाली विस्फोट भएको छ ।

विस्फोटमा परी कम्तीमा आठ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २५ जना घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् ।

यस आक्रमण विदेशी सैनिकलक्षित भएको एएफपीका फोटो पत्रकार र प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।

यस आक्रमणमा तीन सर्वसाधारणका कारसमेत ध्वस्त भएको छ । एक सुरक्षा अधिकारीले एएफपी समाचार समितिलाई दिएको जानकारी अनुसार आक्रमणमा दुई अमेरिकी सैनिक सामान्य घाइते भएका छन् ।

यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन । तर यस प्रकारको आक्रमणमा प्राय तालिवान आतङ्ककारी समूहको नै हात रहने गरेको हुनाले यस आक्रमणमा पनि सोही समूहको हात रहेको प्रहरीको अनुमान रहेको छ । रासस/एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment