+
+
Shares

माओवादीको संकल्पः पोखरा अन्तर्राष्ट्रिय शहर, समृद्ध महानगर

सन्देश श्रेष्ठ सन्देश श्रेष्ठ
२०७४ वैशाख २१ गते १३:००

२१ बैशाख, पोखरा । पोखरा लेखनाथ महानगरपालिकामा माओवादी केन्द्रका मेयर उम्मेद्वार विश्वप्रकाश लामिछानेले आफू विजयी भएमा स्याटलाइट सिटी र समृद्ध महानगर बनाउने उदघोष गरेका छन् । जसको नीति उसकै नेतृत्व बनाउन माओवादी केन्द्रले जित्नैपर्ने उनले बताए ।

पर्यटकीय केन्द्र लेकसाइडमा विहीबार आयोजित ‘पोखरा लेखनाथ महानगरपालिकाको उम्मेद्वार परिचय’ कार्यक्रममा लामिछानले पोखरालाई अन्तर्राष्ट्रिय शहर बनाउने दाबीसमेत गरे ।

‘फेवातालमा फुट ट्रयाक बनाउने, ढल मिसाउन बन्द गर्ने व्यक्ति म हुँ,’ लामिछानेले भने, ‘महानगरपालिकालाई समृद्ध बनाउने अल्पकालिन र दीर्घकालिन योजना मसँग छ । विजयी भएमा कार्यान्वयन गर्छु ।’

भएको बताउँदै अब फेवाताललाई मुटु र लेकसाइडलाई केन्द्र बनाउँदै पोखरालाई अन्तर्राष्ट्रिय सहर बनाउने उनले बताए ।

उपमेयरकी उम्मेद्वार गोमा ढकालले आफूले जितेमा पोखरा लेखनाथ महानगरलाई पर्यटन, उद्योग, आवासलगायतका क्षेत्र छुट्याएर नमूना महानगर बनाउने बताइन् ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा कास्की इञ्चार्ज राजकाजी गुरुङ ‘करण’ले स्थानिय चुनावमा माओवादीले जित्ने र हार्ने कुराले देशको भविष्य निर्धारण हुने बताए । उनले भने, ‘माओवादीले जिते देश उज्यालोतर्फ जान्छ, अन्यले जिते देश अन्धकारतिर धकेलिन्छ ।’

महानगरबासीलाई सचेत भएर मतदान गर्न आग्रह गर्दै गुरुङले भने, ‘राजनीतिक परिवर्तन ल्याउने माओवादी, आर्थिक विकास गर्ने माओवादी, उज्यालो नेपाल बनाउने माओवादी, अनि चुनाव जित्ने चाहिं कांग्रेस-एमाले ? यो कदापी हुनसक्दैन र हुन दिनुहुँदैन, यो भयो भने अनर्थ हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?