Comments Add Comment

‘यूनिक धमाका’मा सिर्जनासँगै नाँचे मलेसियामा नेपाली


गायिका श्रृजना खत्री अहिले देश तथा विदेशमा आयोजना हुने स्टेज कार्यक्रममा व्यस्त छिन् । गायक-गायिकाहरुको आम्दानीको मुख्य श्रोत नै अहिले स्टेज कार्यक्रम बनेको छ ।

गायिका खत्री पनि अहिले स्टेज कार्यक्रमका लागि मलेसियामा छिन् । मलेसियामा आयोजित ‘यूनिक धमाका ५’मा उनले दर्शकलाई झुमाएकी छिन् । आफ्ना चर्चित गीतहरु गाउँदै श्रृजनाले सफ्टदेखि हट पहिरनमा स्टेज तताएकी थिइन् ।

भिमसेन केसी र नविन खड्काले यो कार्यक्रमको आयोजना गरेका हुन् । अझै केही कार्यक्रम बाँकी रहेकाले आफूहरु मे १५ मा मात्र नेपाल र्फकने श्रृजनाले बताइन् । मलेसियाको जोहर, मुअरमा कार्यक्रम आयोजना भैरहेको छ । श्रृजनाको साथमा गायक रोशन सिंह र मोडल हेमा दंगाल पनि यो सांकृतिक कार्यक्रमका लागि मलेसियामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment