Comments Add Comment

अवरोध गर्ने एमाले चेतावनीपछि संसद बैठक सूचना टाँसेर स्थगित

२१ बैशाख, काठमाडौं । महाअभियोगलाई लिएर बैठक अवरुद्ध गर्ने प्रमुख विपक्षी नेकपा एमालेको चेतावनीपछि व्यवस्थापिका संसदको बैठक सूचना टांसेर स्थगित भएको छ ।

एमालेले महाअभियोग फिर्ता लिन वा संसदको प्रक्रियामा लगेर ४/५ दिनमा नै टुंगो लगाउन माग गरेको थियो ।

बिहीबार विहान प्रधानमन्त्री प्रचण्डसँग भएको भएको भेटमा एमाले अध्यक्ष केपी ओलीले महाअभियोग फिर्ता लिन आग्रह गरेका थिए । माओवादी अध्यक्ष समेत रहेका प्रचण्डले ओलीको प्रस्ताव अस्वीकार गरे ।

लगतै ओलीले प्रधानन्यायाधीश कार्कीको कार्यकाल सकिनु अघि नै महाअभियोगबारे संसदले निर्णय गरिसक्नु पर्ने भन्दै भोटिङ गर्ने दिन संसद बैठक अघि नै तय हुनुपर्ने शर्त राखे । कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमाले प्रमुख सचेतक भानुभक्त ढकालले पनि त्यही अडान राखे ।

अन्यथा संसद बैठक अवरुद्ध गर्ने एमालेको चेतावनी थियो । दलहरुबीच सहमति जुटेन र सभामुख ओनसरी घर्ती मगरले राजनीतिक सहमतिका लागि भन्दै सूचना टाँसेर संसद बैठक स्थगित गरिन् ।

एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले महाअभियोग लगाउने कुनै आधार विना नै सरकारले गलत नियत र गलत ढंगले महाअभियोग प्रस्ताव आएको र आफूहरुले संसद चल्न नदिने बताएपछि सभामुखले राजनीतिक सहमतिका लागि बैठक स्थगित गरेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment