Comments Add Comment

पोखरा महागरको मेयर बन्न १६ जना भिड्ने, लामिछाने उम्मेदवारी फिर्ता

२१ बैशाख, पोखरा । देशकै ठूलो महानगरपालिका पोखरा लेखनाथको मेयरका लागि १६ जना भिड्ने भएका छन् ।

कांग्रेसँग चुनावी तालमेलको सहमति भएसँगै माओवादी केन्द्रका विश्वप्रकाश लामिछानेले मेयरको उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन आयोगले उम्मेदवारी फिर्ता गर्न दिउँसो १ बजेदेखि अपराहृन ५ बजेसम्म समय दिएको थियो ।

यो समयमा लामिछानेसहित २२ जनाले उम्मेद्वारी फिर्ता लिएका हुन् । सत्ता साझेदार कांग्रेस र माओवादीबीच पोखरामा माओवादीले कांग्रेसलाई मेयरमा सघाउने सहमति भएपछि लामिछानेले करीब सवा ४ बजे निर्वाचन कार्यालय गएर उम्मेदवारी फिर्ता लिएका हुन् ।

त्यस्तै १० जनाले वडाध्यक्षको उम्मेदवारी फिर्ता लिएका छन् । वडाध्यक्षको उम्मेदवारी फिर्ता लिनेमा वडा नम्बर ६ का स्वतन्त्र उम्मेदवार गिरीराज अधिकारी, वडा नम्बर १२ का राप्रपाका उम्मेद्वार खड्कबहादुर लाभाजु, वडा नम्बर १६ का अखण्ड नेपाल पार्टीका उम्मेद्वार होमबहादुर खड्का र वडा नम्बर २१ का स्वतन्त्र उम्मेद्वार रघुनाथ पराजुलीले पनि उम्मेदवारी फिर्ता लिए ।

वडा नम्बर २५ का अखण्ड नेपालका उम्मेद्वार अम्बरबहादुर थापा, वडा नम्बर ३० का अखण्ड नेपालका मोहनबहादुर थापा, सोही वडाका संघीय समाजवादी फोरम नेपालका उम्मेद्वार पूर्णसिंह गुरुङ, वडा नम्बर ३१ का स्वतन्त्र उम्मेद्वार उमानाथ तिवारी, वडा नम्बर ३३ का स्वतन्त्र उम्मेद्वार भीमबहादुर सार्की र वडा नम्बर ३३ का स्वतन्त्र उम्मेद्वार विष्णुप्रसाद आचार्यले उम्मेद्वारी फिर्ता लिए ।

६ खुल्ला सदस्यले पनि उम्मेद्वारी फिर्ता लिएका छन् । वडा नम्बर ७ मा स्वतन्त्र उम्मेद्वार सुनिता सुनार, वडा नम्बर ११ मा माओवादी केन्द्रका कुमारबहादुर खत्री क्षेत्री, वडा नम्बर १२ मा माओवादी केन्द्रका गोविन्दप्रसाद घिमिरे, वडा नम्बर १८ मा स्वतन्त्र उम्मेद्वार रामप्रसाद गौतम, वडा नम्बर २५ मा अखण्ड नेपालका टिकाराम तिमिल्सिना र वडा नम्बर ३० मा संघीय समाजवादी फोरम नेपालका नारायणबहादुर गुरुङले उम्मेद्वारी फिर्ता लिएका छन् ।

३ महिला सदस्यले पनि उम्मेद्वारी फिर्ता लिएका छन् । वडा नम्बर १३ बाट संघीय समाजवादीकी चिनीमाया नेपाली, वडा नम्बर ५ बाट अखण्ड नेपाल पार्टीकी खोमकुमारी जिसी र वडा नम्बर १४ बाट जनमोर्चाकी देवीकला तुलाचनले पनि उम्मेद्वारी फिर्ता लिएका छन् ।

त्यस्तै २ दलित महिलाले पनि उम्मेद्वारी फिर्ता लिएका छन् । उम्मेद्वारी फिर्ता लिनेमा वडा नम्बर २६ बाट स्वतन्त्र उम्मेद्वार बिमाया विश्वकर्मा, वडा नम्बर १२ बाट माओवादी केन्द्रकी मिनाकुमारी कामी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment