Comments Add Comment

सलमान खानको ट्युवलाइटको यस्तो छ टिजर

सलमान खानको प्रतिक्षित फिल्म ट्युबलाइटको टीजर सार्वजनिक भएको छ । टिजरमा सलमान भिन्न भिन्नै स्वरुपमा देखिएका छन् । कतै उनी बच्चासँग मस्ती गरिरहेका छन्, कहिं सन्त्रासको मुद्रामा । केहि दृश्य हेर्दा बजरंगी भाईजनको झल्को आउँछ । टीजरमा सलमानको ब्याकग्राउन्ड डायलग छ, ‘यकीन एक ट्यूबलाइट की तरह है, जो देर से जलता है लेकिन जब जलता है तो फुल लाइट कर देता है ।’

– ट्युबलाइटको कथा १९६२ मा भएको भारत-चीन युद्धको सेरोफेरोमा घुमेको छ । यो दुई भाईको स्टोरी हो, जसमध्ये एक भाई युद्धमा गायव हुन्छन् । र, अर्को भाई हराएको भाईलाई खोज्न निस्कन्छन् ।

– एक था टाइगर, बजरंगी भाईजानपछि निर्देशक कबीर खानले सलमानसँग गरेको यो तेस्रो फिल्म हो ।

– सलमानका साथै फिल्ममा उनका कान्छो भाई सोहले खान पनि देखिएका छन् । साथै चिनियाँ अभिनेत्री जूजूले समेत फिल्ममा महत्वपूर्ण भूमिका निर्वाह गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment