+
+
WC Series
Won पोखरा एभेन्जर्स 2025
201/2 (20)
VS
Pokhara Avengers won by 34 runs
कर्णाली याक्स 2025
167/10 (18.6)
Shares

‘रंगीन साँझ’ मा गुन्योचोली लगाउँदा ज्योतिलाई गाह्रो भो

पुश्कलले छमछमी नचाए, स्मृति आँफै नाचे

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख २२ गते ११:२६

५ मे, टोकियो । गुन्योचोलीमा सजिएर गायिका ज्योति मगर स्टेज उक्लिँदा मेगुरो कुमिन सेन्टरमा उपस्थित दर्शकहरु अचम्ममा परे ।

प्रायः कार्यक्रममा छोटा पहिरनाका कारण बिवादित हुने गरेकी ज्योतिलाई एक्कासी गुन्योचोलीमा देख्दा दर्शकहरु अचम्म पनि किन नपरुन् त ? गुन्योचोलीमै उनले ‘नयनमा गाजल कालै राम्रो’ गीत पनि गाइन् ।

लगत्तै ज्योतिले दर्शकतिर इसारा गर्दै गुन्योचोली दर्शकहरुको चाहाना नभएको र आफूलाई पनि अप्ठ्यारो भयो भन्दै कालो स्कर्टमा स्टेजमा देखा परिन् । अनि सुरु भयो युवाहरुको वाहवाही । हट गायिकाको उपनामले चर्चामा रहेकी ज्योति दर्शकमाझ नै पुगेर मज्जाले उपस्थिती युवायुवतीहरुलाई छमछमी नचाइन् ।

उत्ताउला र समाजमा नपच्ने खालका गीत गाएर एवं अभिनय गरेर नेपाली लोक गीतमा विकृति भित्र्याएको भन्दै चौतर्फी आरोप खेप्दै आएकी गायिका ज्योतिले ‘जाले रुमाल’, ‘ढाडे बिरालो’, जिम्माल बाउकी छोरी, ‘पिरतीमा दम छ’ लगायतका गीत गाउँदै टोकियोस्थित मेगुरो कुमिन सेन्टर तताइन् ।

गोल्डेन बीको अवसरमा आयोजित ‘रंगीन साँझ २०१७’ मा उपस्थित युवायुवतीलाई भरपुर मनोरञ्जन प्रदान गर्दै गरेकी ज्योतिले समयको मागअनुसार गीतको भावसँग मिल्दोजुल्दो छोटा पहिरनमा प्रस्तुती दिनुलाई अन्यथा लिनु नहुने बताइन् ।

सुरुमा मर्मस्पर्शी एवं बिरहपूर्ण गीतहरु गाएर दर्शकहरुलाई भावबिह्वल बनाएका लोकपि्रय गायक पुश्कल शर्माले पछि कार्यक्रममा रोमाञ्चक गीतहरु गाउँदै दर्शकहरुलाई छमछमी नचाए । शर्माले ‘शिरमा रातो डोरी’, ‘सालैजो’, ‘मलामी आईदिनु है साथी’, ‘दिल जलायो मेरो’, ‘मुटु जलाई जलाईँ लगायतका आफ्ना चर्चित गीतहरु प्रस्तुत गरे ।

नृत्य निर्देशक एवं कलाकार स्मृति तिमिल्सिनाको आफ्नो आकर्षक नृत्यले पनि ‘रंगीन साँझ २०१७’मा थप रौनकता प्रदान गरेको थियो । त्यस्तै लोक गायिका रुपा घर्तीमगर, गायक सन्तोष परियार र समुन्द्रराज पौडेलले पनि आफ्नो प्रस्तुतीबाट उपस्थित दर्शकहरुको मन जित्न सफल भए ।

कार्यक्रममा बिगत डेढ दशकदेखि जापानमा निरन्तर पत्रकारितामा क्रियाशिल रही पत्रकारितामार्फत नेपाली समुदाय र राष्ट्रलाई पुर्‍याएको योगदानको कदर गर्दै नेपाल पत्रकार महासंघ जापानका संस्थापक अध्यक्ष एवं नेपाली समाचार तथा समुद्रपारी डटकमका प्रधानसम्पादक तिलक मल्ललाई रंगीन पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको थियो ।

रंगीन संसार डटकमले आयोजना गरेको यस ‘रंगीन साँझ २०१७’मा जापानका लागि कार्यवाहक राजदूत कृष्णचन्द्र अर्याल, पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले, रंगीन संसार डटकमका अध्यक्ष जीवन न्यौपाने लगायत बिशेष अतिथिहरुले कार्यक्रमको रिबन काटेर उद्घाटन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?